माओवादी कहिल्यै नफुट्ने प्रचण्डको दावी


२० मंसिर, खलंगा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी नफुट्ने दावी गर्नु भएको छ । रुकुम सदरमुकाम खलंगामा आयोजित जनसभालाई सम्वोधन प्रचण्डले हजारौं जनताको वलिदानबाट निर्माण भएको माओवादी पार्टी कहिल्यै फुट्न नसक्ने वताउनुभयो ।
पार्टी कार्यकर्ता र जनतामा माओवादी पार्टी फुट्ने हो कि भन्ने चिन्ता रहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले पार्टीभित्रको अन्तरसंघर्षलाई केन्दि्रय कमिटीको बैठकमा छलफल हुने र महाधिवेशनबाट टुङ्गोमा लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
शान्ति प्रकृया नेपाली जनता र सहिदहरुको वलिदानबाट जन्मिएको भन्दै उहाँले नेपाली जनता र जनमुक्ति सेनाको भावना अनुसार पुरा हुने बताउनुभयो । उहाँले संविधान निर्माणका क्रममा साशकीय स्वरुप र निर्वाचन प्रणालीका विषयमा देखिएको विवाद चाँडै समाधान हुने वताउनुभयो । सहिद कामी वुढाले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको विश्वले प्रेरणाको रुपमा लिनुपर्ने वताउनुभयो । ‘हामी सवै कामी वुढाका सन्तान हौं’ प्रचण्डले भन्नुभयो- ‘कामी वुढालाई राज्यबाट सम्मानका लागी म सरकारसंग पहल गर्नेछु, अहिले सहिद बन्ने र सहिद बनाउनेहरु एकै ठाउँमा छौं ।’
जनसभालाई सम्वोधन गर्दै माओवादी नेता जनार्दन शर्मा प्रभाकरले शान्ति र संविधानको अभिभारा पूरा गर्न माओवादी पार्टी जिम्मेवार भएर प्रस्तुत भएको वताउनुभयो । उहाँले सहिद कामी वुढाले कम्यूनिष्ठ आन्दोलनमा दिएको योगदानलाइ सवैले कदर गर्नुपर्ने वताउनुभयो ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page