हिजो आएको महाभुकम्पले चितवनको उपरदाङ गढी क्षेत्रको १५ घरमा क्षती पु¥याएको छ । सबैघरहरु भत्कीएर ढलेका छन् । स्थानीयहरु घरवार विहीन भएर विलौना गरेर बसिरहेका छन् । घर संगै लताकपडा, खाध्याननका बस्तुहरु सबै पुरिएरका छन् । पाखामा सुतेर रात विताएको स्थानीय ९० वर्षीय बलवहादुर गुरुङले टेलिफोनमा भने हामीलाई खाने चामल ल्याइदिनुस । उनका अनुसार सो क्षेत्रको १५ घर पुरै ढलेर पुरिएको छ । घरको झ्याल ढोका सबै खसेका छन् । चेपाङ समुदायको बसोवास भएको सो क्षेत्रका कम्तीमा एकसय भन्दाबढी सदस्यहरु अलपत्र परेको स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय उपरदाङगढीका शिक्षक ऋषिराम ढकालले जानकारी दिए । उनका अनुसार भूकम्पले विद्यालयमा समेत क्षति पुगेको छ । विद्यालयका शौचालयहरु समेत सबै भत्कीएको छ । चितवनको पुरानो सदरमुकामको रुपमा परिचित उपरदाङगढी देखि करिब ५ सय मिटरको दुरीमा सो क्षेत्र पर्दछ । पहाडी क्षेत्र भएकोले सो क्षेत्रमा भएको क्षतीको विवरण आउन ढिलाई भएको हो । घटनाको विषयमा जानकारी लिन प्रहरी प्रशासन समेत पुगेका छैनन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् । संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने अध्यक्ष ओलीको सचिवालयका सदस्य रामशरण बजगाईँले बताए ।
सभामुख सापकोटाले भने एमाले संसदीय दलको नेता ओलीलाई बैठकमा आमन्त्रण गरेका थिए । पुस ५ र जेठ ७ गतेको संसद् विघटनले सभामुख सापकोटा र ओलीबीच निकै दुरी बढेको छ । सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी भएका थिइनन् ।
सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले २३ गतेबाट सुरु भएको संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । पार्टीले १४ जना सांसदलाई कारबाही गरेको सूचना नटाँसेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।
१.लगातार तीन तहको चुनाव सम्पन्न गर्नु ।
२.बलियो प्रतिपक्षको सामना गर्नु ।
३. संविधान संशोधनमा असन्तुष्ट पक्षलाई लिएर अघि बढ्नु ।
४.संविधानको पूर्ण कार्यान्वयन र कार्यान्वयनका चरणमा आउने समस्याको समाधान गर्नु ।
५.संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउनु ।
आनन्दस्वरुप बर्मा, एक वामपन्थी विचारलाई समर्थन गर्ने भारतीय पत्रकारका रुपमा चिनिन्छन् । नेपालको हरेक राजनीतिक घटनाक्रमलाई उनले नजिकबाट नियालेका छन् । नेपालमा नयाँ संविधान जारी हुँदा उनी काठमाडौंमै थिए । नयाँ संविधान जारीदेखि भारतको असन्तुष्टिका विषयमा बर्माले डिस्कवरी न्युज नेटवर्क (डिएनएन) का लागि मंगलबार राती नेत्र पन्थी र विधान श्रेष्ठसँग कुराकानी गरेका छन् ।
यदि पहिलो संविधानसभाबाट संविधान जारी भएको भए अझै प्रगतिशील बन्न सक्थ्यो । किनकि, पहिलो संविधानसभामा माओवादी पहिलो शक्ति थियो, अहिले तेस्रो छ । त्यसैले माओवादीले उठाएका धेरै मुद्दा पूरा हुन सकेनन् । यसका बाबजुद समग्रमा संविधान राम्रो छ ।
सीमामा मधेसी जनताको प्रतिनिधित्व भएन वा उनीहरूको माग पूरा नहुँदा सीमामा तनाव देखियो भन्ने विज्ञप्तिमा समेटिएको छ । अर्को विज्ञप्ति राजदूत रन्जित रे दिल्ली गएपछि आएको छ । त्यो उत्तिकै खतरनाक छ । यो सबै कुरा हेर्दा हामीले भन्दाभन्दै पनि नेपालका दलहरूले संविधानको घोषणा रोकेनन् भन्न खोजेकोजस्तो देखिएको छ । भारतले इगो राखेकोजस्तो देखिएको छ । तर, कुनै पनि देशले अर्को देशले आफूले भनेजस्तो सबै मान्नुपर्छ भन्ने मान्यता राख्नु राम्रो होइन । मोदी प्रधानमन्त्री बनेपछि उनको नेपालप्रति प्रेम धेरै छ जस्तो देखिएको थियो । उनले संसद्, पशुपतिनाथ मन्दिर र जानकी मन्दिरमा नेपालप्रतिको प्रेम प्रदर्शन गरे । तर, उनीसँग जोडिएका हिन्दू संगठनका व्यक्तिहरूले बारम्बार यही बयान दोहोर्याइरहेका थिए कि नेपाल हिन्दूराष्ट्र हुनुपर्छ । राजनाथ सिंहले गृहमन्त्री हुनअघि नै हिन्दूराष्ट्र बन्यो भने मलाई खुसी लाग्छ भनेका थिए । राष्ट्रिय स्वयंसेवक संघको भ्रातृसंस्था विश्व हिन्दू परिषद् मोदी राष्ट्रिय स्वयंसेवक संघका प्रचारक रहे । विश्व हिन्दू परिषद्का अशोक सिंघल ज्ञानेन्द्रलाई हिन्दूको सम्राट बताउँदै आएका थिए । यस्तो स्थितिमा उनीहरू नेपाल हिन्दू राष्ट्र होस् भन्ने चाहन्थे । यस्तो परिस्थितिमा मधेसलाई बहाना मात्रै बनाइएको हो ।
पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र अन्य ढुवानीमा अवरोध पुर्याउने कोसिस भयो ।
आज जसरी उनीहरूले नाका लगाएको कुरा बाहिर आयो, पूरै दुनियाँमा हंगामा भयो । ट्विटरमा इन्डिया ब्याक अफ भन्ने भयो । आजको दिनमा नाकाबन्दीको कदम उठाइन्छ भने सहज हुँदैन भारतकै लागि । नेपालले के गरेको छ ? संविधान बनाएको न हो । एटम बम त बनाएको होइन ! किन नाकाबन्दी गर्नुपर्यो ?
जनयुद्ध सन् १९९६ मा सुरु भएपछि मधेसमा परिवर्तन आएको छ । त्यसअघि जनजाति र मधेसी तथा महिला र दलितको स्थिति हुर्नुस्, उनीहरूको स्थितिमा सन् २००६ सम्म गुणात्मक परिवर्तन आइसकेको थियो । अन्तरिम सरकार र अन्तरिम संविधानमा मधेसीको आकांक्षालाई ठाउँ मिलेको थियो, माओवादीका कारण । उनीहरूको समस्यालाई सम्बोधन नै नगरिएको भन्न मिल्दैन । तर, अहिलेको संविधानमा कसरी उनीहरूलाई ठाउँ दिने भन्ने सम्बन्धमा गृहकार्य ठूला दलले त्यति गर्न सकेनन् । माओवादीले सायद संख्यात्मक रूपमा संविधानसभामा सानो भएका कारण सम्बोधन गर्न सकेन वा लापरबाही गर्यो । तर, यहाँको नेतृत्वले नगरे कसले गर्छ ? भारतले कसरी गर्छ, मधेसीको समस्याको समाधान ? के भारतीय मूलका मानिस भएकै भरमा भारतले नेपालको समस्या समाधान गर्छ ?
भारतले केवल मधेसलाई बहाना बनाएको छ, नेपालमाथि हस्तक्षेप गर्न । प्रभुत्ववादी मानसिकता भारतले देखाएको छ । नरेन्द्र मोदीअघिका सरकारहरूले छोटो देशको छोटो सम्प्रभुता त ठूलो देशको ठूलो सम्प्रभुता भन्ने मानसिकता राखेका छन्, सम्प्रभुता सानो र ठूलो हुँदैन । यस्तो मानसिकताले नै छिमेकीसँग भारतको सम्बन्ध बिग्रँदै आएको छ ।
कम्प्युचियाको सवालमा भारतको खिलाफ भुटानले भोट दियो । भुटानले सन् १९८० मा भारतको विरुद्धमा भोट दिँदा इन्दिरा गान्धी सत्तामा थिइनन् । सन् १९७७ मा संकटकालपछि भएको चुनावपछि उनी सत्ताबाट बाहिरिएकी थिइन् । १९८० मा चुनाव भएपछि उनले फेरि जितेकी थिइन्, तर सत्तामा थिइनन् । ननएलाइन्स नेसन्समा कम्प्युचियाको सवालमा भोट भएको थियो । त्यतिबेला नेपाल, श्रीलंका, बंगलादेश सबैले भारतको विरुद्धमा भोट दिए, कम्प्युचियाको सवालमा । त्यतिबेला इन्दिरा गान्धी सत्तामा थिइनन् उनले चुनाव प्रचारका क्रममा भनिन्, ‘आज यस्तो हालत भयो देशको कि भुटान जस्तो छोटो देश भारतजस्तो ठूलो देशको विरुद्ध छ । जबसम्म सानो र ठूलो भन्ने यो मानसिकता बाँकी रहन्छ, त्यति बेलासम्म राम्रो हुँदैन ।
नेपालले आफूलाई कसरी प्रस्तुत गर्छ, त्यसमा भर पर्छ । आफ्नो सम्प्रभुता, आफ्नो स्वाधीनता र अडानलाई नेपालले कसरी प्रस्तुत गर्छ भन्नेमा भर पर्छ । भारतले त आफ्नो तर्फबाट गर्न सक्ने गरेकै छ । जस्तो, यहाँ आएर संविधान जारी नगर्नुस् भन्ने, कसरी आयो यस्तो हिम्मत ? नेपालका जनता र यहाँका नेताहरूबीच राष्ट्रिय मुद्दामा एउटा सहमति र एकता बन्यो भने न भारतले केही गर्न सक्छ, न त अमेरिकाले नै । माओवादी केवल प्रचण्ड, विप्लव, बाबुराम, वैद्य मात्रै होइनन्, जनताको विद्रोहको तर्फबाट नहेरी जनताको ठाउँबाट हेर्ने हो । केही पार्टी यस्ता थिए, जो राजतन्त्र समाप्त गर्न चाहँदैनथे । तर, जनताको दबाब आयो कि करणसिंह आएर र सम्झौता गर्न नसकेर फर्किए, २००६ मा । जनताको दबाब थियो, अमेरिका र भारत पनि राजतन्त्र समाप्त होस् भन्ने चाहन्नथे । यहाँको पुरानो पार्टी कांग्रेस पनि त राजतन्त्र समाप्त होस् भन्ने चाहँदैनथ्यो । तर पनि राजतन्त्र समाप्त भयो, जनताको दबाबमा ।
छिमेकमा यस्तो पार्टीको सरकार बन्यो, जो आफूलाई खुलेर माओवादी भन्छ । सशस्त्र विद्रोहका समर्थक प्रधानमन्त्री भए । चुनाव भएको लामो समयपछि मात्रै प्रचण्डले शपथ लिए प्रधानमन्त्रीको । जब कि एक हप्तामै प्रधानमन्त्रीको शपथ लिनुपथ्र्यो । तर, अप्रिलमा चुनाव भयो र प्रचण्डले अगस्टमा शपथ लिए । भरसक भारतले लामो समय केही होस् भन्ने चाह्यो । अन्त्यमा प्रधानमन्त्री बनेर गएपछि मात्र बाध्य भयो स्वागत गर्न, प्रोटोकलका कारण । मेरो भनाइको तात्पर्य यो हो कि नेपाली जनता कसरी एकजुट हुन्छन्, जनताले कसरी दबाब सिर्जना गर्छन् भन्नेमा भर पर्छ । यो त नेपालको तर्फबाट भयो ।
भारतमा जनतान्त्रिक शक्ति जो छ, भारतमा लंगडो जनतन्त्र छ । यस्तो जनतन्त्रबाट हामी सन्तुष्ट छैनौँ । तर, ६०–६५ सालदेखि छ । कम्युनिस्ट होइन, जनतान्त्रिक शक्ति छन् । उनीहरू कहिल्यै यो चाहन्न कि नेपालको काम भारतले गरोेस् र नेपाली जनताले दुःख उठाउनु परोस् । नेपालमा नाकाबन्दी गरिएको भन्ने भएपछि अहिले पनि भारतमा हलचल मच्चिएको छ, प्रजातान्त्रिक शक्तिहरूले मिटिङ गरौँ, दिल्लीमा वा अन्य ठाउँमा भनेका छन्, मेरोमा पनि थुप्रै एसएमएस आएको छ । भारतमा पनि नेपालमाथि नाकाबन्दी गरिनु हुन्न भन्ने ठूलो समूह छ ।
अटलबिहारी बाजपेयी प्रधानमन्त्री हुँदा आडवाणी गृहमन्त्री थिए । त्यतिबेला जर्ज डब्ल्यु बुस चाहन्थे, इराकमा भारतीय सेना जाओस् । त्यति नै बेला भारतमा चुनाव थियो । भारतमा सद्दामको पक्षमा पनि सानातिना सभा भइरहेका थिए । त्यस माहोलका कारण इन्टेलिजेन्सको रिपोर्ट गयो, सरकारसामु । जनताको मुड भारतीय सेना इराक जाओस् भन्ने थिएन । त्यसको असर ठूलो पर्यो । नाकाबन्दीको अवस्थामा पनि यस्तै छ, सानोसानो प्रयासले ठूला नतिजा दिन सक्छ । प्रजातान्त्रिक शक्तिहरूले यसको विरोध गर्दा सरकार समेत हैरान हुन्छ ।
अहिले भारतले ‘गाडी रोकेर हेरौँ के हुन्छ’ भनेर धम्की मात्रै दिएको हो । तर धेरै भयो, प्रतिक्रिया खराब आयो । हलचल ठूलो भएको छ, सामाजिक सञ्जालमा सार्वजनिक बहस बनेको छ । यसैका कारण पनि स्थिति खराब हुँदैन । यो सबैका बाबजुद यदि मधेसको समस्या समाधान भएन भने देशलाई राम्रो हुँदैन । त्यसैले मधेसीलाई साथमा लिनुपर्छ ।
नेपालीहरू यति बच्चा छन् र, भारतले भड्काएर भड्कनलाई ? नेपालीहरूको विभाजनमा भारतलाई दोष दिन मिल्दैन । यस्तो भयो भने त्यो नेपालको असक्षमताको कुरा हो । यहाँका नेता अक्षमताको पर्दा ढाल्न भारतलाई दोष दिने गर्छन् । यस्तो परिस्थितिमा भारतलाई दोष दिन मिल्दैन ।
मेरो बुझाइमा पनि केन्द्रमा, सत्तामा बस्नेले मधेसको समस्यालाई राम्रोसँग सुल्झाउनुपर्छ, आफ्ना सारा इगोलाई किनारा लगाएर थोरै झुकेर मधेसीलाई गला लगाएर समाधान गर्नुपर्छ । भारत जसरी चिच्याइरहेको छ, मधेस आन्दोलनमा केही मानिस दुग्भार्यपूर्ण रुपमा चिच्चाइरहेका छन् । तर, भारतमै गुजरातमा त नरसंहार नै भयो । उपेन्द्र यादवले किन भने कि बिहारमा शरणार्थी शिविर बनाइन्छ । उनले किन भुटानी शरणार्थीसँग मधेसीलाई तुलना गरे । मैले फोन गर्दा उनको फोन उठेन । केही समयमा फोन गर्छु भने ।
यो सम्भव छ । तर यसका लागि भारतलाई दोष दिन मिल्दैन । नेपालीहरू यति बच्चा छन् र, भारतले भड्काएर भड्कनलाई ? नेपालीहरूको विभाजनमा भारतलाई दोष दिन मिल्दैन । यस्तो भयो भने त्यो नेपालको असक्षमताको कुरा हो । यहाँका नेता अक्षमताको पर्दा ढाल्न भारतलाई दोष दिने गर्छन् । यस्तो परिस्थितिमा भारतलाई दोष दिन मिल्दैन । नेपालको राम्रो स्थिति के छ भने प्रकृतिले नेपाललाई यस्तो राम्रो ठाउँ दिएको छ । सामरिक दृष्टिले महत्त्वपूर्ण छ, नेपाल । एकातिर चीन र अर्कोतिर भारत । यदि ल्याटिन अमेरिकाको स्थिति हेर्ने हो भने यस्तो देशमा दुई वर्ष जनयुद्ध हुनासाथ अमेरिका घुस्छ । १० वर्षसम्म युद्ध चल्दा पनि अमेरिका चुप लाग्ने भन्ने हुँदैन । तर, यहाँ छिर्न सक्दैन, अमेरिका घुस्न खोज्यो भने चीन चुप रहन्न । किनकि चीन कहिल्यै चाहन्न कि उसको नजिकमा अमेरिकाको अड्डा होस् । अमेरिकाले नारायणहिटी शैलीका केही घटना गराउन सक्ला, तर यहाँ अड्डा जमाउन सक्दैन ।
नेपालको माओवादी पार्टीको मार्कसिट एकातिर छ, त्यसबाट म बिल्कुल सन्तुष्ट छैन । यिनीहरूको एजेन्डा यति बलिया थिए, जसकारण यिनीहरू कायम छन् । जनताले उनीहरूको एजेन्डा स्वीकार गरेका छन् । बाँकी उनीहरूले यति धेरै कमजोरी गरे, जसकारण संसद्मा उनीहरू तेस्रो स्थानमा छन् । संसद्बाहिर किरण, किरणबाट अलग भएर विप्लव र अरू थुप्रै समूह खडा भएका छन् । यस्तो गतिविधिले पार्टी निकै कमजोर भएको छ । जो अलग भए, उनीहरूले केही गरेको भए अलग हुनुको अर्थ रहन्थ्यो । तर किन अलग भइयो भन्ने जवाफ अलग हुने समूहसँग पनि छैन । मूल पार्टीको नेता प्रचण्ड छन् । र, मूल पार्टीले सेना समायोजन गर्दा जे गर्यो, त्यसलाई पनि ठूलो गडबडी मान्छु म, जसले माओवादीलाई कमजोर गरायो । तर, प्रचण्डले मात्रै यो गरेको भन्ने पनि होइन । निर्णय सामूहिक भएको थियो । निर्णयमा किरण, विप्लव, बाबुराम सबैको सामूहिक हस्ताक्षर थियो । तर पनि एजेन्डामा त्यति ताकत थियो कि प्रचण्ड अझै पार्टीलाई सम्मानजनक रुपमा अघि ल्याउन अझै सफल हुँदै छन् । भविष्यमा माओवादी फेरि लोकप्रिय पार्टीका रूपमा जनतामाझ स्थापित हुन पनि सक्छ । त्यसका लागि नेताहरूले आफ्नो व्यवहारमा निरन्तर सुधार ल्याउन जरुरी छ । अहिले नेतृत्व र कार्यकर्ता बीचमा दूरी छ । भूमिगत पार्टी खुलेआम भएर सत्तामा गएपछि कार्यकर्तासँग दूरी बढ्नु अस्वाभाविक होइन । तर, सत्तामा जानुअघि कार्यकर्तालाई आउन सक्ने चुनौतीका विषयमा बुझाउनुपथ्र्यो । तर, यसमा उनीहरूले पर्याप्त गृहकार्य गरेनन् । जसको नतिजा कार्यकर्ता असन्तुष्ट भए । सत्तामा जाँदा माओवादीले बाबुराम भट्टराईको अर्थ मन्त्रालयबाहेक अन्य मन्त्रालयमा नौ महिनासम्म खास काम पनि गर्न पनि सकेन । तर पनि एजेन्डा बलियो थियो र अझै एजेन्डा पूरा भएको छैन । जनजातिको उत्पीडन खतम भयो र दलितले अधिकार पाए भन्ने होइन । सामाजिक संरचनामा आमूल परिवर्तन गर्ने एजेन्डा लिएर माओवादी युद्धमा गएको थियो । खोइ कहाँ छ, सामाजिक संरचनामा परिवर्तन ?
जनसेना थियो हिजो माओवादीसँग अहिले जनसेना पनि छैन । अब कसरी गर्नुहुन्छ सामाजिक संरचनामा अमूल परिवर्तन ? जब कि उही प्रशासन, उही सेना र उही सत्ता छ । केही काम भएको छ, तर काम अझै सकिन बाँकी छ ।
सगरमाथाको काखमा त्रासदीपूर्ण क्षण (फोटो तथा भिडियो)
काठमाडौं, वैशाख १४ – शनिबार नेपालमा महाभूकम्प जाँदा अमेरिका नर्थ क्यारेलाइनाकी एस्ली स्टम्लर विश्वको सर्वोच्च शिखर सगरमाथातिर उकालो चढ्दै थिइन् । शुरुमा त उनले सगरमाथा क्षेत्रको प्रतिकुल मौसमको कारणले आफूलाई रिंगटा लागेको पो हो कि भन्ने ठानिन् तर उनको गाइडले भने त्यो अर्कै कुरा भएको संकेत गरे । महाभूकम्पले सगरमाथा र त्यसको आधार शिविर क्षेत्रलाई पनि हल्लाइरहेको थियो । स्टम्लर यो कथा बयान गर्न आज जिवित छिन् । तर, अन्य भने उनीजस्तै भाग्यमानी रहेनन् ।
Update News ! चितवनको पहाडी क्षेत्र उपरदाङगढीमा भुकम्पले १५ घर ढाल्यो ÷ कम्तीमा एकसय स्थानीय अलपत्र, खानेकुरा सबै पुरिएका छन् । खानेकुरा ल्याइदिनुस भन्दै विलौना गर्दैछन्
हिजो आएको महाभुकम्पले चितवनको उपरदाङ गढी क्षेत्रको १५ घरमा क्षती पु¥याएको छ । सबैघरहरु भत्कीएर ढलेका छन् । स्थानीयहरु घरवार विहीन भएर विलौना गरेर बसिरहेका छन् । घर संगै लताकपडा, खाध्याननका बस्तुहरु सबै पुरिएरका छन् । पाखामा सुतेर रात विताएको स्थानीय ९० वर्षीय बलवहादुर गुरुङले टेलिफोनमा भने हामीलाई खाने चामल ल्याइदिनुस । उनका अनुसार सो क्षेत्रको १५ घर पुरै ढलेर पुरिएको छ । घरको झ्याल ढोका सबै खसेका छन् । चेपाङ समुदायको बसोवास भएको सो क्षेत्रका कम्तीमा एकसय भन्दाबढी सदस्यहरु अलपत्र परेको स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय उपरदाङगढीका शिक्षक ऋषिराम ढकालले जानकारी दिए । उनका अनुसार भूकम्पले विद्यालयमा समेत क्षति पुगेको छ । विद्यालयका शौचालयहरु समेत सबै भत्कीएको छ । चितवनको पुरानो सदरमुकामको रुपमा परिचित उपरदाङगढी देखि करिब ५ सय मिटरको दुरीमा सो क्षेत्र पर्दछ । पहाडी क्षेत्र भएकोले सो क्षेत्रमा भएको क्षतीको विवरण आउन ढिलाई भएको हो । घटनाको विषयमा जानकारी लिन प्रहरी प्रशासन समेत पुगेका छैनन् ।

काठमाडौं, १९ माघ
गुरुकुल कलेजका दुई सञ्चालकलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कलेजका कार्यकारी निर्देशक सुजित सिंह र प्रशासकीय प्रमुख सरोज रानालाई काठमाडौं जिल्ला अदालतले गत बुधबार थुनामा राख्ने आदेश दिएको हो ।
कलेज बन्द गरेर विद्यार्थी, कर्मचारी र विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा उनीहरूलाई गत २६ पुसमा प्रहरीले पक्राउ गरेको थियो । मुद्दा चलाइएका मनोज आचार्यलाई भने ९ हजार धरौटीमा छाड्ने आदेश भएको छ । अनुसन्धानका क्रममा सिंहले सञ्चालक भनिएका आचार्यलाई नक्कली सेयर प्रमाणपत्र दिएर ठगी गरेको खुलेको छ ।
सिद्धार्थ डेभलपमेन्ट बैंकबाट एक करोड आठ लाख ऋण लिएर उनीहरूले तिरेका थिएनन् । सञ्चारमाध्यममा प्रकाशन/प्रसारण गरेको विज्ञापनको पैसासमेत विज्ञापन एजेन्सीलाई उनीहरूले दिएका थिएनन् । स्कुल, कलेज तथा होस्टेलको भाडासमेत नदिई उनीहरू फरार भएका थिए ।

केही दिनपहिले बसेको एमाले संसदीय दलको बैठकमा केही सभासद्ले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै गर्वसाथ घोषणा गरेछन्– ‘एमाओवादीले लामो समयदेखि एमालेको लैंगिक पहिचान छैन भन्दै आएको थियो, अब कमरेड केपी ओलीको नेतृत्वमा एमालेको लिंग पहिचान भयो ।’
फेरि पनि भन्ने गरिन्छ– कुनै पनि कुराका निम्ति अन्तत: आन्तरिक पक्ष नै प्रधान हुन्छ । यसरी हेर्दा एमालेको वैचारिक–राजनीतिक स्खलनको यो एउटा पराकाष्ठा र पूर्णता हो भनेर बुझ्न सकिन्छ । तर, किन यतिवेला नै यसो गरियो होला त भन्ने अनुमान गर्दा कतिपयले यसरी आफ्नो प्रतिगामी कित्ता प्रस्ट पारेर एमालेले भोलि कांग्रेसलाई समेत उछिनेर आफूलाई शासक वर्गको पार्टीका रूपमा अघि सारेको हो भन्ने पनि गरेका छन् । कतिपयले एमालेलाई यसरी उचालेर माओवादीविरुद्ध उभ्याउने र नेपालमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन सिध्याउने ‘डिजाइन’ हो पनि भनेको सुनिन्छ । तर, जेसुकै भए पनि अहिले के देखा पर्छ भने कांग्रेस–एमाले–राप्रपा जो नेपालकै पुरानो सत्ताका पहरेदारका रूपमा ०४६/४७ पछि स्थापित हुँदै आएका छन्, तिनीहरूले अहिले संविधानसभाबाट अग्रगामी संविधान बनाउने क्षणमा आफूलाई एक ठाउँमा उभ्याउनुले नेपालमा अग्रगमन र परिवर्तनको एजेन्डालाई तुहाउने र यथास्थितिवादलाई नै बलियो पार्ने बृहत् आन्तरिक र बाह्य डिजाइनअन्तर्गत नै यो आएको हो भनेर बुझ्न अप्ठेरो छैन ।
किनकि, कांग्रेस, एमाले र राप्रपा हिजो पनि लामो समयसम्म सत्तामा रहेकै शक्ति हुन् । यी शक्ति चाहे संसदीय व्यवस्थाभित्रै रहेर प्रदान गरिने सुशासनको क्षेत्रमा होस्, चाहे जनतालाई न्यूनतम सुरक्षा प्रदान गर्ने विषयमा होस्, चाहे देशमा विद्यमान गरिबी, बेरोजगारी न्यूनीकरण गर्ने सन्दर्भमा होस्, चाहे नेपाललाई औद्योगिकीकरण र विकासका दिशामा अगाडि बढाउने कुरामा होस्, असफल भइसकेकै शक्ति हुन् । त्यसैका विरुद्ध माओवादीको नेतृत्वमा १० वर्षे सशस्त्र जनयुद्ध भएको थियो । पछि मधेस आन्दोलन, जनजाति आन्दोलनलगायत आन्दोलन पनि भएका थिए । भलै अहिले राजतन्त्र हटेर गणतन्त्र त आएको छ, तर पुरानो राज्यसत्ताको वर्गीय स्वरूप हेर्दा राजतन्त्र र कांग्रेस–एमाले–राप्रपाले प्रतिनिधित्व गर्ने वर्गमा खासै तात्त्विक अन्तर थिएन र छैन । त्यस हिसाबले कांग्रेस–एमाले–राप्रपा अन्तत: शासक वर्गकै, यथास्थितिवादकै प्रतिनिधित्व गर्ने पार्टी हुन् र तिनका विरुद्ध हिजो माओवादीले र पछिल्लो चरणमा मधेसवादी, जनजातिलगायत अन्य शोषित/उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायले जुन विद्रोह गरेका थिए, त्यसको औचित्य समाप्त भएको मानिँदैन । ती परिवर्तनकामी शक्तिले यथास्थितिवादी शक्तिविरुद्ध प्रतिरोध जारी राख्ने स्वत: अनुमान गर्न सकिन्छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको सुरक्षा स्रोतको भनाई छ । आतंककारी घुसपैठ आशंकामा केन्द्रिय गुप्तचर निकायले केही दिनयता पश्चिम बंगालसँग सीमा जोडिने अन्तर्राष्ट्रिय नाकामा विशेष जाँच सुरु गरेको छ ,आजको कान्तिपुर दैनिकमा खबर छ ।
सर्वेक्षणमा सहभागीमध्ये ६७ प्रतिशत उत्तरदाताले प्रहरीलाई आफूले सूचना दिएर सहयोग गरेको पाइयो भने ३३ प्रतिशतले प्रहरीलाई कुनै सूचना नदिइएको पाइएको छ ।
समाजमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको आवश्यकता रहेकोमा ९६ प्रतिशत उत्तरदाताको सहमत रहकोे पाइएको छ भने आश्यकतानै छैन भन्नेमा १ प्रतिशत उत्तरदातामात्रै पाइएको छ ।







