शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भए सत्ता कब्जा गर्ने दाहालको चेतावनी


Prachanda
काठमाडौं, मंसिर १७ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले जारी शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भए आन्दोलन या निर्वाचन प्रक्रियाबाट सत्ता कब्जा गर्ने चेतावनी दिएका छन् ।
साना तीन दलसँग शनिबार बिहान पार्टी कार्यालयमा भएको एकता समारोहमा दाहालले अहिले शान्ति र संविधानको विकल्प खोज्नु मुर्खतापूर्ण हुने टिप्पणी गरे । दाहालले शान्ति र संविधान निर्माण प्रक्रिया पूरा गर्न माओवादी इमान्दार रहेको दाबी गरे ।
दाहालले माओवादी फुटाउन देशी विदेशी शक्ति लागेको उल्लेख गर्दै तर पार्टी एक ढिक्का नै रहेको दाबी गरे । यद्यपी दाहालले आफूलाई कमजोर पार्नेगरी बरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहले गतिविधि चलाएको आरोप लगाए । उनले जनयुद्ध, गणतन्त्र, शान्ति प्रक्रिया र संविधानसभाको निर्वाचन गराउन सक्ने नेतृत्वलाई कमजोर पार्नु ‘मुर्खतापूर्ण र हाँस्यास्पद’ भएको ठोकुवा गरे ।
कार्यक्रममा पुनर्गठीत माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी र जनवादी मोर्चाबीच एकता भनिए पनि तीनै दलका शीर्ष नेता सहभागी थिएनन् ।

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page