सिन्धुपाल्चोक, माघ २ गते | सिन्धुपाल्चोक जिल्लामा प्रहरीले ज्यानमार्ने उद्योगमा संलग्न युवालाई पक्राउ गर्ने क्रममा झडप हुँदा एक जना प्रहरी घाईते भएका छन् भने प्रहरीको राईफ समेत लुटिएको छ । गएराति ज्यान मार्ने उद्योगमा संलग्न भोताङ्ग–१ बस्ने मंगले तामाङ सहति सात जनालाई भने प्रहरीले पक्राउ गरेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ । उनीसंग प्रहरीले खुकुरी २ थान, तरवार १ थान सहित पक्राउ गरेको जनाएको छ ।
उनीहरुर्ला पक्राउ गर्न पुग्दा प्रहरी माथि भीडले एक्कासी ढुंगा प्रहार गरेको थियो । त्यस क्रममा ढुङगा लागेर प्रहरी जवान श्याम गिरी सामान्य घाइते भएका छन् । ढुङगा मुढा गर्ने समूहले प्रहरीले बोकेको १ नाल थ्रिनटथ्रि राईफल समेत लुटेका थिए ।
यद्यपि इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको थप मद्धत टोलीले लुटिएको राईफल नियन्त्रणमा लिएको छ । भिडलाई नियन्त्रण गर्न प्रहरीले केही राउण्ड हवाई फायर समेत गर्नुपरेको प्रहरी बुलेटिनमा उल्लेख छ ।
मंगले तामाङलाई स्थानीय बासीन्दाहरुले घेराबन्दी गरी राखेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटना स्थल पुगेको थियो ।