अख्तियारद्वारा आयल निगमका २० जना कर्मचारीविरुद्द मुद्दा दायर

कर्मचारीविरुद्द मुद्दा दायर गरेको छ । नेपाल आयल निगम लगातार घाटामा गई ठुलो रकम संचित नोक्सानी र ऋण तिर्न बाँकी रहँदा रहँदै अनियमित तवरले बोनस वितरण गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्द मुद्दा दायर गरेको हो ।
आथिर्क वर्ष २०६६।०६७ को अन्त्यमा करिव ११ अरव ४४ करोड ऋण तिर्न बाँकी हुँदाहुँदै बोनस वितरणको लागि सरकारको कुनै निकायबाट स्वीकृति प्राप्त नभएकै अवस्थामा गैह्रकानूनी निर्णय गरी र १ करोड ७२ लाख ५८ हजार ४ सय ५ रूपैया ४१ पैसा बोनस वितरण गरी निगमलाई हानी नोक्सानी पुर्याएको देखिएको अख्तियारे दाबी गरेको छ । 
नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्याल, निर्देशक नागेन्द्र साह, प्रबन्धकहरू कमलप्रसाद शर्मा, बाबुराम राई र नेत्रप्रसाद काफ्ले, उप निर्देशक शरदप्रसाद पौडेल, शुसिल भट्टराई, उपप्रबन्धक नव विनोद पोखरेल, सहायक प्रबन्धक प्रदिपमान वसी, बरिष्ठ सहायक देवीप्रसाद न्यौपाने,तत्कालीन निमित्त कार्यकारी निर्देशकहरू सुरेश कुमार अग्रवाल शिव प्रसाद पुडासैनी¸ नायव कार्यकारी निर्देशक जयराज आचार्य¸निमित्त नायव कार्यकारी निर्देशक मुकुन्द प्रसाद ढुङ्गेल¸निर्देशकहरू भुवनेश्वर राजभण्डारी¸रमेशचन्द्र कोइराला र मोहन कुमार कार्की¸प्रबन्धकहरूः कुमार विक्रम कार्की र सुभाष चन्द्र दाहाल¸ कर्मचारी शिव प्रसाद अधिकारी सहित २० जनाविरुद्द अख्तियारले मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्द एक करोड बहत्तर लाख अन्ठाउन्न हजार चार सय पाँच रूपैया एकचालिस पैसाको मागदाबी गरी  विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page