स्टार खेलाडीहरु चोटग्रस्त भएपछि दबावमा परेको देश मध्ये पोर्चुगल पनि एक हो । उसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ब्राजिल विश्वकपका लागि फिट भइसकेको छैनन् ।
उनले मेक्सिकोविरुद्ध खेल्न सकेनन् । जुन खेल पोर्चुगलले ९० औं मिनेटमा बुर्नो अल्भेसले गरेको गोलको मदतमा १-०को जित निकोलेको छ ।
घुाडाको चोटका कारण गि्रसविरुद्धको मैत्रिपूर्ण खेल पनि गुमाएका थिए । पोर्चुगलका प्रशिक्षक पाउलो बेन्टोले रोनाल्डो विश्वकपका लागि फिट हुने नहुने थाहा नभएको बताए ।