चितवन, असार ८ ,
चितवन क्षेत्र नम्बर चारका भाग्यमानी जनताले सात महिनापछि पुनः आफूले मन पराएको उम्मेदवारलाई जिताउन उत्साहपूर्वक मतदान गरिरहेका छन् ।गत मङ्सिर ४ मा सम्पन्न ऐतिहासिक दोस्रो संविधानसभाको निर्वाचनमा दुई(दुई स्थानबाट चुनाव जितेका उम्मेदवार शुसिल कोइरालाले चितवन–४, छाडेपछि उपनिर्वाचनमा आज मतदान भइरहेको हो ।चितवन क्षेत्र नम्बर चारमा सुशील कोइराला, विजयी भएका थिए । उनले चितवन छाडेका कारण उपनिर्वाचनमा मतदान भइरहेको हो ।चितवन क्षेत्र नम्वर चारका मतदाता बिहान सबेरै मतदानका लागि आफ्नो नजिकको मतदान केन्द्रमा पुगी मतदानका लागि लाम लागेर बिहान ७ बजेदेखि मतदान गरिराखेका छन् ।दिउसो ३ वजेसम्म करिव ६० प्रतिशत मतदान कार्य सम्पन्न भैसकेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानाकारी दिनुभयो ।