शुक्रबार नेपाल एचआइभी–एड्स एलाइन्स (नेहा) राजधानीमा आयोजना गरेको कार्यक्रममा गौतमले समाजमा गलत क्रियाकलाप गरेर कारागार गएका कैदीलाई सुधार गर्र्न आवश्यक रहेको धारणा राखे ।“कुनै पनि व्यक्ति गल्ती गरेर कारागारमा आउने हो, उसलाई सही मार्ग देखाउन र सुधार गर्न कारागारलाई सुधार गृहका रुपमा विकास गर्न जरुरी छ ।” उनले भने ।
आधुनिक प्रणालीको कारागार निर्माण गर्न सरकारले योजनासमेत ल्याइरहेको भन्दै उनले निर्माण हुन लागिरहेको नुवाकोटको कारागारलाई सुधार गृहका रुपमा सुरु गर्न लागिएको बताए ।
गृहमन्त्री गौतमले कानुन तोड्नेलाई दण्ड र सजाय गर्नुपर्ने उल्लेख गर्दै उनीहरुलाई गल्तीको महशुस गर्न कारागार लैजानुपर्ने बताए ।
सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले संविधानमा नै स्वास्थ्यलाई मौलिक हकका रुपमा राखिएको हुनाले कैदीले पनि कारागारमा स्वस्थ्य उपचार पाउनुपर्नेमा जोड दिए ।
