बजेट असार अन्तिममै


 असारअगावै बजेट ल्याउने तयारी गरेपनि सुरुमा प्रतिपक्ष र अहिले सरकार आफ्नै कारणले आउँदो आर्थिक वर्षको बजेट पनि असार अन्तिममै पुग्ने भएको छ ।
सुरुको कार्यतालिका प्रतिपक्ष दलको अवरोधका कारण जेठ मसान्तभित्रै बजेट पेश गर्ने कार्यतालिका प्रभावित भएको थियो । कान्तिपुर दैनिकमा समाचार छ ।

 दलहरुबीचको विवाद समाधान भएर व्यवस्थापिका संसद खुले पनि नीति तथा कार्यक्रम पेश गर्न ढिलाइ हुने भएकाले मध्य असारमा समेत बजेट आउने संभावना टरेको हो ।
'अव बजेट पेश भएर अन्तिमतिर पुगेको छ' सभामुख सुबास नेम्वाङले भने 'समय पर्याप्त नभएकाले विगतमा झै असार अन्तिममा बजेट ल्याएर सुरुका केही महिना पेस्की विधेयकबाटै काम चलाउनुपर्ने भएको छ।'
नीति तथा कार्यक्रम पेश नभइ बजेट नल्याउने परम्पराले पछिल्लो समय कार्यतालिका प्रभावित हुँदै गएको छ ।
बजेटको सिद्धान्त तथा प्राथमिकताको छलफल बुधबार सकिएको छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page