शीघ्रपतन रोक्न यसो गर्नुस्


शीघ्रपतन रोक्न यसो गर्नुस्
लसुन र प्याज: लसुन र प्याजमा एलिसिन नामक एन्टीअक्सिडेन्ट पाइन्छ। यसले रक्त संचारलाई सन्तुलित तथा रक्तप्रणालीलाई स्वस्थ बनाउन सहयोग गर्छ। यसले छिट्टै बुढ्यौलीका लक्षण देखिनबाट पनि जोगाउँछ भने यौन क्षमतामा वृद्धि गर्नुका साथै गुप्तांग तथा शरीरको तल्लो भागको रक्तप्रवाहमा सुधार ल्याई शीघ्रपतन रोक्न मद्दत पुर्‍याउँछ।

कफी : कफीमा उत्प्रेरक क्याफाइन पाइन्छ। यसले मुटुलाई नियमित तथा शीघ्र रक्तसञ्चालनमा सहयोग गर्छ। जसका कारण एड्रेनलाइन हर्मोनको प्रवाह उच्च हुनुका साथै लामो समयसम्म यौनक्रिडामा संलग्न हुन सक्षम भइन्छ।

मासु : सुँगुरको मासुको सेवन शीघ्रपतनको समस्या कम गर्न लाभदायक हुन्छ। यसमा पाइने भिटामिन बी वानले लिंगको तन्तुमा प्रभाव पार्छ र लामो उत्तेजनाका लागि सहयोग गर्छ।
रेडवाइन : रेड वाइन पनि सुख प्राप्ति तथा शीघ्रपतनको समस्या निवारणका लागि सहयोगी बन्न सक्छ। रेड वाइनले सरीरमा नाइटि्रक अम्लको उत्पादनमा सहयोग पुर्‍याउँछ। यसबाट रक्तनली फैलिएर लिंगमा रक्तप्रवाह उच्च हुन्छ ।

सी फुड : समुद्री परिकार अर्थात् सी फुडमा पाइने भिटामिने बी सिक्स तथा जिंक पुरुषको सेक्स हार्मोन उत्पादनमा टेवा पुर्‍याएर यौन सुख प्राप्तिमा सहयोग पुर्‍याउँछ।
स्टबेरी : यो फल यौन क्षमता बढाउने महत्वपूर्ण तत्व हो। स्ट्रबेरीको नियमित सेवनले सरीरमा रक्त प्रणालीको विकार कम गर्न सहयोग पुर्‍याउँछ। जसले यौन क्षमता वृद्धिमा सघाउ पुर्‍याउँछ।

केरा : लिंगको उत्तेजनालाई लामो समयसम्म कायम राख्न लिंगमा लामो समयसम्म तथा पर्याप्त रक्त प्रवाह आवश्यक हुन्छ। केराको नियमित सेवनले शरीरमा पोटासियमको मात्रा पर्याप्त बनाउँछ, जसका कारण रक्तप्रवाह नियमित भै शीघ्रपतनको समस्या कम हुन्छ।

अण्डा : अण्डा पनि यौन क्षमता वृद्धि गर्ने तथा शीघ्रपतन रोक्ने महत्वपूर्ण खाद्यपदार्थ हो। यसमा जिंक पाइन्छ जसले पुरुष सेक्स हर्मोनको उत्सर्जनमा सहयोग पुर्‍याउँछ।
रातो खुर्सानी : भोजनमा नियमित रातो खुर्सानी खाँदा त्यसले शरीरको रक्तप्रवाह नियमित तथा यौन क्षमता वृद्धि गर्न सहयोग पुग्छ।

नरिवलको पानी : नरिबलको पानीमा पोटासियम तथा म्याग्नेसियम पाइन्छ। यसले शरीरमा तरल पदार्थको सन्तुलनमा सहयोग गर्नुका साथै ऊर्जासमेत प्रदान गर्छ। यसले रक्तसञ्चारलाई समेत नियमित गर्छ। नरिबलको पानीको सेवनले यौन क्षमतामा वृद्धि गर्नुका साथै लिंगको मांसपेशी मजबुत बनाउन सहयोग पुर्‍याउँछ। यसले शीघ्र स्खलन रोक्न मद्दत गर्छ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page