माग पुरा नभए भरतपुर विमानस्थल ठप्प पार्ने चेतावनी

राजेन्द्र आचार्य चितवन असार १६,
भरतपुर नगरपालिकाले भरतपुर विमानस्थल वरपरका स्थानियवासीहरुको मागलाई वेवास्ता गरेको भन्दै आक्रोशित स्थानियवासीहरुले  भरतपुर नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । भरतपुर विमान स्थलको सामान्य प्रतिवेदनको आधारमा विमानस्थल वरपरका स्थानियहरु नक्सा पास र धितो राख्न नदिने निर्णय फिर्ता नलिएको भन्दै पुन स्थानियवासीहरु आन्दोलित बनेका हुन् । संघर्ष समिति नै गठन गरि आन्दोलन उत्रिएका स्थानियले आफनो मागलाई वेवास्ता गरेको भन्दै  एक हप्ते अल्टीमेटम दिएका छन् । नक्सा पास र धितो राख्न एक हप्ता भित्र नगरपालिकाले फुकुवा नगरे विमानस्थाल र नगरपािलका कार्यालय तालवन्दी गर्ने संघर्ष समितिका सदस्य ईन्द्र पौडेलले जानकारी दिनुभयो ।
भरतपुर विमानस्थल वरपर बनेका २ सय ५७ वटा घर मापदण्ड विपरीत रहेको प्रतिवेदन सार्वजनिक भएपछि विमानस्थल वरपरका स्थानिहरु आन्दोलित बनेका थिए । उनीहरुको आन्दोलनलाई चितवनका दलहरुले समेत एक्यवद्धता जनाईसकेका छन् । अहिले विमानस्थल कुल ६२ विघा क्षेत्रफलमा रहेको छ । विमानस्थल वरपर ठुलठुला भवनहरु निर्माण भएपछि विमानस्थल असुरक्षित बन्दै गएको छ । 
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

disqus

Share this Page