पीडित पक्षले गरेको उजुरीका आधारमा प्रहरीले गिरीलाई अस्पतालबाट नै नियन्त्रणमा लिएको हो । गिरीले अस्पतालको सघन उपचार कक्षमा कार्यरत एकजना स्टाफ नर्सलाई गत शुक्रबार राति १०:३० बजे दुव्र्यवहार गरेको पीडितको आरोप छ ।
अस्पतालले भित्र नै मिलाउने प्रयास गरे पनि कुरा मिल्न नसकेपछि पीडित पक्षले आइतबार विहान मात्र प्रहरीमा उजुरी गरेको थियो । गिरीको दुर्व्यवहारबाट पीडित भएकी महिला कर्मचारीले दोषी गिरीमाथि कारबाहीको माग गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शान्तराज कोइरालाले घटनाको विषयमा गिरीलाई झिकाएर अनुसन्धान गरिरहेको बताए । रासस