कारागार भित्रै भएको आक्रमणलाई लिएर चितवनका प्रहरी प्रमुख खिनु प्रसाद आचार्य सहित तीन जना निलम्बनमा

siva-poudel.jpg
चितवन मंसिर २० -तरुणदल चितवनका अध्यक्ष शिब पौडेल लगायत पांच जनामाथी कारागार भित्रै भएको आक्रमणको बिषयमा  चितवनका प्रहरी प्रमुख खिनु प्रसाद आचार्य र जेल सुरक्षामा खटीएका शिब राज क्षत्री र जेलर् इन्चार्ज चुडामणी गौतम निलम्बनमा परेका छन ।  संसद बैठकमा जवाफ दिंदै गृहमन्त्रि बिजय कुमार गच्छदारले यस्तो जानकारी दिनु भएको थियो । घटना छानविन गर्न गृहमन्त्रालयले सह सचिव शंकर कोइरालाको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको छ । आक्रमणको बिषयलाई लिएर  आज चितवनको  जनजीवन तनाबग्रस्त  बनेको छ । जिल्ला कारागार भरतपुर भित्रै  भएको आक्रमणको घटनाको बिरोधमा तरुण दल चितबनले आयोजना गरेको जिल्लाबन्दले जनजिबन प्रभाबित भएको हो । तरुणदलका कार्यकर्ताहरु चितबनका बिभिन्न ठाउंमा टायर बालेर प्रदर्शन  गरीरहेका छन् । प्रदर्शन का क्रममा बन्दकर्ताहरुले भरतपुरका बिभिन्न स्थानमा सबारी साधनमा तोडफोड गरेका छन। बिहानैबाट चितबन भएर चल्ने लामा तथा छोटा दुरीका सबारी साधन ठप्प बनेको छ । ठाउ ठाउ  मा प्रहरी र प्रदर्शन कारी विच ढुंगा हानाहान भएकाले प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो । 
जिल्ला कारागार भरतपुर भित्रै भएको आक्रमणबाट युवा संघका संजय लामााको हत्या आरोपमा प्रक्राउ परेका तरुण दल चितवनका अध्यक्ष शिव पौडेल, कानुन व्यवसायी कमल पाठकलाई आक्रमण गरेको आरोपमा प्रक्राउ परेका प्रदीप भट्ट , वद्री ढुङ्गाना , मदन परियार र हरी गुरुङ्ग  र्घाईते भएका छन् । र्घाईते मध्ये पौडेल र परियारको अवस्था गंम्भिर रहेको छ । र्घाईतेहरु सबैको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । 
गम्भिर र्घाईतेहरुको उपचार गर्न काठमाडौबाट आउनु भएका डा। उपेन्द्र देबकोटा , डा। चेरिज लगायतको टोली अहिलेपनि उपचारमा सक्रिय रहेका छन् ।  शल्यक्रिया ४ घण्टा लगााएर सकिएपनि अहिले आईसीयुमा राखेर उपचार भैरहेको डा उपेन्द्र देवकोटाले वताउनु भयो । उहाँका अनुसार अहिले वेहोस अवस्थामा रहेकाले ४८ घण्टा पछि मात्रै र्घाईतेको अवस्थाको वारेमा जानकारी दिनसकिने वताउनु भयो ।  यता दुई दिनदेखि चितवनमा रहनुभएका काँग्रेस महामन्त्री कृष्ण सिटौलाले पत्रकार सम्मेलन गरी सुनियोजित रुपमा स्थानिय प्रशासनकै सहयोगमा घटना घटेको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।   उहाँले संवेदनशिल क्षेत्रमा आक्रमण गर्नु प्रहरी प्रशासनको निकम्मापन भएको वताउनु भयो । आक्रमणको विषयमा अहिले अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बाताबरण सहज बनाउन छलफल भैरहेको चितवन प्रहरीले जनाएको छ ।  यसै बिच भरतपुरमा नै रहेका २ ओटा डिपार्टमेन्टल स्टोरमा समेत वन्दकर्ताहरुले तोडफोड  गरेका छन्  । भरतपुरको बाईपास रोडमा रहेका होप र जनसेबा डिपार्टमेन्टल र्स्टासमा तोडफोड भएको हो । यसैगरि नारायणगढमा रहेकेा चमेलि विग बजारको एक पसलमा पनि तोडफोड भएको छ ।
त्यस्तै नबलपरासीमा पनि तरुणदलका कार्यकर्ताले नबलपरासी बन्द गरेका छन् । मुख्य मुख्य चोक र बजारमा सडकमा टायर बालेर बन्दले पर््रदशन गरेपनि ठाउँठाउँमा याताचयात सुचारु रहेको वताईएको छ । यसैविच, नेपाल तरुण दल चितवन , नेपाल ट्रेड युनियन का“गे्रस स्वतन्त्र चितवन , नेपाल महिला संघ चितवन, मानवअधिकार तथा शान्ती समाज चितवन, नेपाल तरुण दल वारा लगायतले तरुण दलका अध्यक्ष शिव पौडेलमाथी भएको सांघातिक हमालाको घोर भत्सना गरेको छन् । जारी विज्ञप्तीमा सुरक्षा घेरा भित्रनै भएको आक्रमणले सरकारको सुरक्षा व्यवस्था कस्तो छ भन्ने उदाङ्गीएको उल्लेख गरीएको छ ।यस्तै जिल्ला प्रशासन कार्यालय चितवनले पनि एक प्रेस विज्ञप्ती जारी गर्दे कारागारमा रहेका बन्दीहरुबिच भएको कुटपिटको घटनाका विषयमा छानविन गर्न चार सदस्यीय छानविन समिति गठन गरेको  जनाएको छ । जिल्ला प्रशासन कार्यालयका उपसचिव रामराज सुवेदिकेा संयोजकत्वमा गठित समितिको प्रतिवेदनको आधारमा दोषि माथी कारवाही हुने बताईएको छ । घटनामा र्घाईते भएका पाँच मध्ये चार जनाको हाल भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको  प्रशासनले जारी गरेको  विज्ञप्तीमा जनाईउको छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page