काठमाडौं, मंसिर १९ - माओवादी उपाध्यक्ष मोहन वैद्यले आफू र एमाले अध्यक्ष झलनाथ खनाल नबिग्रेको नेता भनी टिप्पणी गरेका छन् ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा वैद्यले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईमाथि पनि कलंकको टिका लागेको बताए । उनले भने, ‘ठूला पार्टीमा पनि सबै बिग्रेका छैनन् । हाम्रो पार्टीमा म छु, एमालेमा झलनाथ हुनुहुन्छ ।’
वैद्यले भारतस“ग भएको लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिपा) तुहाउने दाबी गरे । सम्झौताका कारण आफ्नै दल माओवादीमाथि पनि कलंकको टीका लागेको उनको भनाइ थियो ।