नेकपा एमाले पार्टी भित्रको आन्तरिक विवादलाई मिलाउनका लागि नेता के.पी. ओली, वामदेव गौतम र अमृत बोहरालाई सभासद् बनाउने प्रक्रिया शुरु भएको छ। यो प्रक्रियाले नेता ओलीलाई चिठ्ठा र गौतमलाई 'लटरी' पर्ने एमाले श्रोतले बताएको छ।
पार्टी भित्र अध्यक्ष झलनाथ खनाल र नेता ओलीबीच आन्तरिक द्वन्द्व बढेपछि पार्टी कमजोर भएको अनुमान गरिएको थियो। पार्टी भित्र वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेलको समीकरण बन्ने डरले अध्यक्ष खनालले आफ्नो पकड बनाउन ओली, गौतम र बोहरालाई ल्याउन लागेको एमाले श्रोतले बतायो।
काठमाडौ, मंसिर २२ - एमालेमा नेता केपी ओली, वामदेव गौतम, अमृत बोहोरा लगायतलाई संविधानसभामा लगेर पार्टीभित्रको आन्तरिक विवाद मिलाउने प्रयास सुरु भएको छ ।
दीर्घकालीन रूपमा पार्टी हाँक्ने र आवश्यक पर्दा सरकारको नेतृत्वको समेत विकल्प तयार गर्न ओलीलगायत नेतालाई संविधानसभामा लाने संस्थागत प्रयास सुरु भएको हो । अध्यक्ष झलनाथ खनालको भारतसँगको सम्बन्ध
राम्रो नहुँदा पार्टी र मित्रराष्ट्रसँगको सम्बन्धमा समेत दूरी बढेको विश्लेषण भइरहेका बेला यसलाई छिमेकसँगको सम्बन्ध सुधारका रूपमा समेत हेरिएको छ ।
अध्यक्ष खनालकै पहलमा पार्टीभित्रको आन्तरिक एकताका लागि यो प्रयास सुरु भएको हो । खनाल र ओलीबीचको आन्तरिक टकरावले पार्टी कमजोर भएपछि लामो समयदेखि विवाद मिलाउने प्रयास भइरहेको थियो ।
आन्तरिक एकता कसरी गर्ने भन्नेबारे छलफल गर्न बुधबार साँझ खनाल निवास डल्लुमा केपी ओली आफैं पुगेका थिए । खनाल प्रधानमन्त्री हुन्जेल बालुवाटारसमेत नगएका
ओली आफंै खनाल निवास गएकालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
दुई नेताबीचको छलफलमा ओली पक्षका शंकर पोखरेल, विष्णु पौडेल, खगराज अधिकारी र खनाल पक्षका वामदेव गौतम, घनश्याम भुसाल, प्रकाश ज्वालालगायत नेता थिए । वरिष्ठ नेता माधव नेपाल र उनी पक्षका नेता भने उपस्थित थिएनन् ।
खनालले यसैसाता नेता नेपाल र महासचिव ईश्वर पोखरेलसँग पनि आफ्नै निवासमा आन्तरिक एकताबारे छलफल गरेका थिए । नेपाल र पोखरेलबीच पार्टीभित्र अर्को ध्रुवीकरणको सम्भावना देखेपछि खनाल र ओली नजिकिएको पनि विश्लेषण छ । तर यो भेटघाट खास नेताहरूबीचको धु्रवीकरणका लागि नभई समग्र आन्तरिक एकताकै लागि भएको अधिकांश नेता बताउँछन् ।
'बाहिर चर्चामा रहेजस्तै म, ओली र बोहोरा संविधानसभामा जाने विषयमा पनि छलफल भइरहेको छ,' उपाध्यक्ष गौतमले भने, 'तर म व्यक्तिगत रूपमा जान इच्छुक छैन । यसमा हामी केही समयमै सहमतिमा पुग्न सक्छौं ।'
गौतमले यो पार्टीभित्रको एकतालाई मजबुत बनाउने प्रयास भएको बताए । 'यो प्रयास कसैलाई साइड लगाउनेभन्दा पनि तीन नेता मिलेपछि पार्टी आफंै मजबुत हुन्छ भन्ने हो,' उनले भने, 'जुँगाको लडाइँभन्दा पनि विगतका तिक्तता चिरेर अघि बढ््नुपर्छ भन्नेमा हामी छौं ।'
एमालेभित्र आठांै महाधिवेशनपछि विशेषगरी खनाल र ओलीबीच आन्तरिक गुटबन्दी तीव्र भएको थियो ।
ओलीलाई नेपालले केही समय साथ दिएका थिए । तर अहिले ओली र नेपालबीच पहिलेको जस्तो सुमधुर सम्बन्ध छैन । खनाल-ओली
बीचको विवादले दुई पटकसम्म सरकारको नेतृत्व गर्ने अवसर पाउँदा पनि एमालेले राजनीतिक रूपमा आफ्नो भूमिका स्थापित गर्न नसकेको विश्लेषण पार्टीभित्र भइरहेको थियो । दुई नेताबीचको सम्बन्ध सुधारले मात्र पार्टीलाई माथि उठाउन सकिने महसुस दुवै पक्षले गरेपछि केही मध्यमार्गी र युवा नेताहरूले आन्तरिक एकताको पहल सुरु गरेका थिए ।
'समूहिक नेतृत्वको भावनाअनुसार व्यक्तिगत जिम्मेवारीहरूलाई पनि सन्तुलित मिलाएर लानुपर्छ भन्ने कुराकानी पार्टीभित्र चलिरहेको छ,' पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले भने, 'यसका लागि कुन नेताको कहाँ कस्तो भूमिका आवश्यक पर्छ त्यहाँ मिलाउनुपर्छ ।' बुधबारको छलफलमा अध्यक्ष खनालले महाधिवेशनपछि अहिलेको प्रमुख प्रक्रियामा एमालेको वैचारिक दिशा सही रूपमा स्थापित भए पनि राजनीतिक हैसियत स्थापित हुन नसकेको धारणा राख्दै आफू पार्टीभित्रको एकता सुदृढ गरी अघि बढ्न चाहेको बताएका थिए । उनको धारणालाई ओलीले पनि समर्थन गरेका थिए । छलफलमा सहभागी नेताहरूले आन्तरिक रूपमा कसरी एकता कायम गर्न सकिन्छ त्यसको प्रस्ताव तयार गर्न अध्यक्षलाई सुझाव दिए । 'महाधिवेशनपछि हामी गुटबन्दीबाट गुजि्रयांै, विभिन्न असन्तुष्टि छन्,' भुसालले भने, 'कार्यविभाजनको पनि वैज्ञानिक आधार तयार गरांै । कसैलाई कम र कसैलाई बढी जिम्मेवारी दिने काम पनि नहोस् र त्यसको आधार अध्यक्षले नै तयार गर्नुहोस् भन्ने हाम्रो सुझाव हो ।'
संविधानसभामा आफ्नो पार्टीका शीर्ष नेताहरूलाई लैजाँदा अन्य पार्टीका पनि प्रमुख नेताहरूलाई लैजाने वातावरण तयार गर्नुपर्ने नेताहरूले औंल्याएका छन् । शीर्ष नेताहरू संविधानसभामा जाँदा अझै प्रभावकारी भूमिका खेल्न सकिन्छ भन्ने विश्लेषणका आधारमा सबैलाई आह्वान गर्ने कुरा आएको हो ।
बुटवल महाधिवेशनबाट
खनाल अध्यक्ष भएपछि एकलौटी ढंगले पार्टी चलाउन खोजेको आरोप ओली पक्षले लगाउँदै आएको थियो । व्यक्तिगत रूपमा नेता ओली पार्टीको वरिष्ठताक्रममा समेत आफूभन्दा कनिष्ठ नेताहरूको मुनि राखिएकामा असन्तुष्ट थिए । आफूसँग छलफलै नगरी अघि बढ्न खोज्ने खनालको शैलीप्रति उनी रुष्ट थिए । माओवादीलाई हेर्ने दृष्टिकोणमा समेत दुई नेताबीच ठूलो अन्तर भएकाले महाधिवेशनयता एमालेको गुटबन्दी तल्लो तहसम्मै चर्किएको थियो । कतिपय ठाउँमा खनाल र ओली पक्षबीच झडपसमेत भएका थिए ।