उत्कृष्ट युवा खेलाडीको मनोनयनमा विमल घर्ति र सोमापाल कामी -

१४ जेठ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासँगै बसन्त रेग्मी र सुवास खकुरेल वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् । क्रिकेटर सोमपाल कामी र फुटबलर विमल घर्तीमगर उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका छन् ।
खेलकुद पत्रकार मञ्चले बुधबार पल्सर स्पोर्ट्स अवार्डको उत्कृट पुरुष खेलाडी, महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी र उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो ।
उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा क्रिकेटका पारस खड्का, बसन्त रेग्मी र सुवाश खकुरेलसँगै गल्फका शिवराम श्रेष्ठ र एथ्लेटिक्सका याम साजन सुनार परेका छन् । ट्वान्टी ट्वान्टी बिश्वकपमा पारसले हङ्गकङ्ग र बङ्गलादेशबिरुद्ध समान ४१ रन बनाउदै दुई अद्धशतकीय साझेदारी गरेका थिए । सुवास बंगलादेशमा भएको विश्व ट्वान्टी-ट्वान्टीमा अर्द्धशतक प्रहार गर्ने एक्लो नेपाली क्रिकेटर हुन् भने सर्वाधिक रन बनाउने नेपाली खेलाडीमध्ये दोस्रो नम्बरमा पर्छन् । उनको ५६ रन बनाएको खेलमा नेपालले ट्वान्टी ट्वान्टीमा पहिलो पटक अफगानिस्तानलाई हराएको थियो ।
बसन्त रेग्मीले नेपालले २०७० मा खेलेका ५ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा ४९ विकेट लिन सफल भएका थिए । उनले बंगलादेशमा सम्पन्न विश्व ट्वान्टी-२० क्रिकेटमा ५ विकेट लिएका थिए । जसमा बंगलादेशविरुद्ध उनले लिएको एक विकेट कुनै पनि नेपालीले टेस्ट खेल्ने राष्ट्रविरुद्ध लिएको पहिलो विकेट हो ।
महिला खेलाडीको मनोनयनमा सुनिता बोहोरा (जुडो), दिलमाया कार्की (एथ्लेटिक्स), सोफिया शाह (पौडी), सीता रानामगर (क्रिकेट) र तारादेवी पुन (भारोत्तोलन) परेकी छन् ।
उत्कृष्ट युवा खेलाडीको विधामा फुटबलका विमल घर्ति मगर, क्रिकेटका सोमपाल कार्मी र अविनाश कर्णसँगै पौडीका शिरिष गुरुङ र उसुका विशाल थापा सिंजाली परेका छन् । विमल साफको कान्छो गोलकर्ता हुन् । उनले आठौं साफ च्याम्पियन्सिपान पाकिस्तानविरुद्ध खेलको अन्तिम मिनेटमा गोल गर्दै बराबरीको नतिजा दिलाएका थिए । साफ यु-१६ च्याम्पियन्सीपमा नेपाललाई फाइनलसम्म पुर्‍याउँदा भुटानविरुद्ध हृयाटि्रक गरेका नले प्रतियोगीतामा कुल ६ गोल गरेका थिए । उसो त नेपाल एएफसी यु १६ च्याम्पियनसिपको फाइनल चरणमा नेपालले पुर्‍याउने क्रममा उनले तुर्कमिनिस्तानविरुद्ध हृयाटि्रक गरेका थिए ।
सोमपाल कामीले टि-ट्वान्टी विश्वकपमा तीन खेलमा चार विकेट लिएका थिए । उनी प्रति घन्टा १४० किलोमिटरको गतिमा बल फ्याँकेर फास्टेस्ट बलर बन्न सफल भए ।
अविनाश कर्ण संगापुरमा भएको एसीसी यु-१९ क्रिकेट प्रतियोगितामा खेलेको छ बटै खेलमा विकेट हािसल गरी कूल २४ विकेटसहित सर्वाधिक विकेट लिएर सर्वश्रेष्ठ बलर घोषित भएका थिए । उनले बहराइनविरुद्ध हृयाटि्रकसहित आठ विकेट लिएका थिए । उनी टि-२० विश्व कप छनौटमा जितेन्द्र मुखियासँगै प्रतियोगिताकै खतरनाक प्रारम्भिक तेज बलरको छवि बनाउन सफल भएका थिए ।
यस्तै उत्कृष्ट प्रशिक्षकमा पुवुदु दासानायके (क्रिकेट), बालगोपाल महर्जन (फुटबल), कपिल किशोर श्रेष्ठ (भलिबल), युवराज गुरुङ (उसु) र ऋषिराम प्रधान (जुडो) मनोनयनमा परेका छन् ।

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page