![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjkfnV8Y4PG33IMvB7VSKd9CNLrC2WHR340otPbtJ8PhY9fAewpDUmJh4scVrBvNhxqOYDRHOK_F8sFUbp6iGmm6W7RI92dcxna8eI6ZWv9Szr3_mOmBdCDw2APdzl81U5BfgmfNrr8m-w/s400/pestole.jpg)
काठमाण्डौं, माघ २०, मोरङको इटहरा घर भई कोटेश्वरमा बस्दै आएका सन्तोष दंगाल पेसाले विद्यार्थी हुन् । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत दंगालको अर्को एउटा धन्दा पनि छ । कसैले किन्न खोजे भनेजस्तो पेस्तोल मिलाईदिने । दंगालको हातमा करिब एक महिनाअघि एउटा आधुनिक पेस्तोल फेला पर्यो । कोटेश्वरमा सँगै बस्ने साथी विनोद विसुंखेले उनलाई म्याग्जिन र नौवटा गालीसहितको पेस्तोल दिएका थिए । हत्या गर्नका लागि नभई बिक्रीका लागि त्यो पेस्तोल उनले लिएका थिए । सो पेस्तोल बेचेवापत पाँच हजार कमिसन उनले पाउँथे । त्यही पाँचहजारका लागि उनले ग्राहक खोजे र लामो बाग्रेनिङपछि ७० हजारमा पेस्तोल बेच्ने डिल गरे । सोही डिलका आधारमा आफ्ना दुई साथी महेन्द्र भट्टराई र रविन विष्टसहि तगत ९ गते माघमा छाउनी गए पेस्तोल किन्न आएका व्यक्तिले पैसा देखाउँदै पेस्तोल देखाउन भने । पेस्तोल देखाएपछि ७० हजार रुपैयाँको बिटो हात पार्ने आशले उनले हतारहतार झोलाबाट पेस्तोल निकाले र देखाए । तर अपसोच उनले सोचे जस्तो भएन् । जब पेस्तोल किन्नेहरुले अर्को पेस्तोल निकालेर आफुहरु प्रहरी भएको बताए । त्यसपछि उनको हातमा ७० हजारको बिटो होइन् हत्कडी पो पर्यो नयाँ पत्रिकामा खबर छ ।