शाहरुख विश्वकै दोस्रो धनी कलाकार


(एजेन्सी) बलिवुडका बादशाह भनेर चिनिने शाहरुख खान विश्वकै दोस्रो धनी कलाकार बनेका छन् । वेल्थ एक्स पत्रिकाले बलिवुड र हलिवुडका कलाकारहरु मिलाएर प्रकाशित गरेको सूचीमा शाहरुख खान दोस्रो नम्बरमा पर्न सफल भएका हुन् । विश्वकै सबैभन्दा धनी कलाकारको सूचीमा नम्बर एकमा भने हलिवुडका कमेडियन जेरी सेनफिल्ड रहेका छन् । ६० वर्षीय कलाकारसँग कूल ८२० मिलियन डलर बराबरको सम्पत्ति रहेको बताइएको छ । टम क्रुज, टम ह्यांकस्, क्लिन्ट इस्टवुड र एडम स्यान्डलरजस्ता हलिवुडका चर्चित अभिनेताहरुलाई पछि पारेका शाहरुखसँग करिब ६०० मिलियन डलर बराबरको सम्पत्ति रहेको छ । तेस्रो स्थानमा ४८० मिलियन डलर बराबरको सम्पत्तिसहित टम क्रुज रहेका छन् भने समान ४५० मिलियन डलर सम्पत्तिसहित जोनी डेप र टाइलर पेरी चौथों स्थानमा रहेका छन् । दुई पटक ओस्कर जितेका टम ह्यांकस् आठौं स्थानमा रहेका छन् । उनीसँग ३९० मिलियन डलर सम्पत्ति रहेको छ । ८४ वर्षीय क्लिन्ट इस्टवुड यस सूचीमा सबैभन्दा बढी उमेर भएका कलाकार हुन् । नवौं स्थानमा रहेका उनीसँग ३७० मिलियन डलर सम्पत्ति रहेको छ । दशौं स्थानमा एडम स्यान्डलर रहेका छन् । उनीसँग ३४० मिलियन डलर सम्पत्ति रहेको छ । - 
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page