कोका-कोलाले दियो पौडेललाई वर्ल्डकप फुटवल हेर्ने टिकट

 Shankar-Poudyal 
३१ बैशाख, काठमाडौं । कोका-कोलाको प्रवर्द्धनात्मक योजना ‘फिफा वर्ल्डकप चान्स टु फ्लार्इ टु ब्राजिल’ मार्फत पोखराका शंकरपौडेल ब्राजिलमा वर्ल्डकप हेर्न जान पाउने भएका छन् । पौडेलले वल्र्डकप हेनै जाने फि्र टि्रपको पहिलो टिकट हात पारेका हुन ।
आउँदा हप्ताहरुमा अझै ३ जनाले ब्राजिलमा वर्ल्डकप फुलवल हेर्न जाने मौका प्राप्त गर्ने कोका-कोलाले जनाएको छ । यसपटकको वर्ल्डकपमा ४ जना विजेताहरु कोका-कोलाको तर्फबाट ब्राजिलमा फ्रि ट्रिप गइ वर्ल्डकपको एउटा क्वाटर फाइनल म्याच हेर्नेछन् ।
यसका साथै २ सय जना विजेताहरुले लक्की ड्र मार्फत टि-सर्ट, पेन ड्राइभ र रिफ्रेसिङ कोका-काला जित्न सफल भएका छन् । योजना अवधिभर २ हजार ५ सय ग्राहकहरुले लक्की ड्र मार्फत पुरस्कारहरु यस्तो पुरस्कारहरु जित्ने कम्पनीले जानकारी दिएको छ । योजना मे २५, २०१४ सम्म लागू हुनेछ ।
यस योजनामा १८ वर्ष माथिका मोबाइल फोन हुने सबै नेपालीले भाग लिन पाउनेछन् । यसका लागि कोका-कोलाको २५० मिलिलिटर, ३०० मिलिलिटर, ५०० मिलिलिटर, र १.५ लिटरको बोतलमा भएको बिर्कोमुनी भएको ९ अंकको कोडलाई कोक टाइप गरि ७७२२ मा एसएमएस गर्नुपर्ने हुन्छ ।

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page