काठमाडौँ, जेठ १४– नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने स्पोर्टस अवार्डअन्तर्गत विभिन्न चार विधाका मनोनयनमा परेका खेलाडीको नाम आज सार्वजनिक गरिएको छ । मञ्चद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा वर्षको उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र वर्षको उत्कृष्ट युवा खेलाडीको नाम सार्वजनिक गरेको हो । वर्षको उत्कृष्ट पुरुष खेलाडीतर्फ क्रिकेटका सुवास खकुरेल, वसन्त रेग्मी र पारस खड्का छन् भने गल्फका शिवराम श्रेष्ठ र एथ्लेटिक्समा यामसाजन सुनार मनोनयनमा परेका छन् । यसैगरी, वर्षको उत्कृष्ट महिला खेलाडीतर्फ एथ्लेटिक्सकी दिलमाया कार्की, जुडोकी सुनिता बोहोरा, पौडीकी सोफिया शाह, क्रिकेटकी सीता रानामगर र भारोत्तोलनकी तारादेवी पुन मनोनयनमा परेका छन् । वर्षको उत्कृष्ट युवा खेलाडीमा फुटबलका विमल घर्ती मगर, पौडीका शिरीष गुरुङ, उसुका विशाल थापा सिञ्जाली, क्रिकेटका सोमपाल कामी र अविनाश कर्ण मनोनयनमा परेका छन् । यस्तै उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका पुबुदु दसानायके, फुटबलका बालगोपाल महर्जन, भलिबलका कपिलकिशोर श्रेष्ठ, उसुका युवराज गुरुङ र जुडोका ऋषिराम प्रधान छन् । उक्त चार विधामा उत्कृष्ट हुने एक÷एक जना खेलाडीले ट्रफीका साथै एक÷ एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । कार्यक्रममा मञ्चका सचिव प्रकाश तिमल्सिनाले विसं २०७० सालभरि खेलाडीले गरेको योगदानको आधारमा मनोनयनका लागि छनोट गरिएको बताए । मञ्चले आठ विधामा उत्कृष्ट हुने खेलाडीलाई यही जेठ १९ गते पुरस्कृत गर्नेछ । यसमध्ये लाइफ टाइम अचिभमेन्ट अवार्डमा बैकुन्ठ मानन्धर, स्पेसल अवार्डमा क्रिकेटका शरद भेषावकार र पाराएथ्लिट अफ द इयर विधाको अवार्ड यादव कुँवरलाई प्रदान गर्ने घोषणा यस अघि नै भइसकेको छ
स्पोर्टस अवार्डका लागि नाम छानियो