यसरी समाप्त पारियो राजा र माओवादीको बन्दूक

कृष्णप्रसाद सिटौला, महामन्त्री कांग्रेस
गणतन्त्रको स्थापना नेपालको इतिहासको विकास क्रममा यो अत्यन्त ठूलो परिवर्तन हो । यो गणतन्त्र आउनमा ७ दशक लामो नेपाली जनताको संघर्षको भूमिका छ । २००७ सालको क्रान्तिदेखि ०६२/०६३ शान्तिपूर्ण जनआन्दोलनसम्मका अनेकौँ आन्दोलन र संघर्षहरु यसको जगमा छन् । र, लामो जनताको संघर्षबाट नेपाल संघीय लोकतान्त्रिक घोषणा भएको छ ।
सबैभन्दा महत्वपूर्ण कुरा के छ भने नेपालको राजतन्त्रको अन्त्य हुँदा र गणतन्त्र स्थापना हुँदा शान्तिपूर्ण ढंगले भएको छ । संसारमा यस्तो इतिहास बिरलै पाइन्छ । राजतन्त्र अन्त्य भएर गणतन्त्रको स्थापना हुँदा विश्वमा ठूलो रक्तपात भएका छन् । तर, यहाँ त्यस्तो भएन । आन्दोलनपछि संविधानसभाको निर्वाचन भयो ।
संविधानसभाको पहिलो बैठकले नै लगभग शतप्रतिशत मतबाट गणतन्त्रलाई सहज र शान्तिपूर्ण ढंगले जनताको म्यान्डेटद्वारा स्थापना गरायो । त्यसकारण यो नेपालको यो परिवर्तन गणतन्त्रको स्थापना दुनियाँकै संसारकै लागि अत्यन्तै ठूलो अनुकरणीय उदाहरण रुपमा छ । कि परिवर्तन युग परिवर्तन शान्तिपूर्ण आन्दोलनको माध्यमद्वारा अहिंसात्मक माध्यमद्वारा गर्न सकिन्छ भन्ने एउटा उदाहरण विश्वसामू प्रस्तुत गरेको छ ।
कांग्रेस यसरी गणतन्त्रवादी भयो
खासगरी २००७ सालको क्रान्तियता निकै वर्षसम्म नेपाली काँग्रेस संवैधानिक राजतन्त्रको पक्षमा रह्यो । हामीले संवैधानिक राजतन्त्रको पक्षमा उभियौँ, बहुदलीय लोकतन्त्र र संवैधानिक राजतन्त्र सँगै जान सक्छन् भनेर तर कहिले पनि राजाले आफूले संवैधानिक राजतन्त्रको पक्षमा, बहुदलीय लोकतन्त्रको पक्षमा रुपान्तरण गरेनन् । त्रिभुवन महेन्द्र, वीरेन्द्र र अन्तिम राजा ज्ञानेन्द्रले आफूलाई लोकतन्त्रको पक्षमा लोकतन्त्रको पक्षमा आफूलाई उभ्याउन नसक्दा, लोकतन्त्रलाई आत्मसाथ गर्न नसक्दा सारभौम सत्ता राजकीय संस्था भनेको राजाको निजी होइन, यो जनताको निहित हुने विषय हो भन्ने कुरालाई आत्मसाथ गर्न नसक्दा अन्तः नेपाली कांग्रेस पार्टी गणतन्त्रको पक्षमा उभियो ।
त्यसवेला स्वम् गिरिजाप्रसाद कोइराला सभापति हुनुहुन्थ्यो । उहाँकै मूलत नेतृत्वमा ०६२/६३ मा जनआन्दोलन भएकेा थियो । माओवादीहरुलाई शान्तिपूर्ण आन्दोलनमा ल्याउने मुख्य जिम्मेवारी उहाँले नै निर्वाह गर्नुभएको थियो ।
त्यसैले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली काँग्रेसले जुनखालको भूमिका खेल्यो त्यसमा मजस्ता साथीहरु सहयोगीका रुपमा रह्यांै र हामीले भूमिका खेल्यौँ ।
जब तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ मा लोकतन्त्रमाथि ठाडो प्रहार गरे, नाङ्गो प्रहार गरे त्यही क्षणबाट मजस्ता नेपाली काँग्रेस पार्टीका साथीहरु गणतन्त्रको पक्षमा उभिएका हुन् ।
हामीले ६० वर्षभन्दा लामो संवैधानिक राजतन्त्रका नाममा राजालाई बोक्दै आयौँ । तर, कहिल्यै पनि राजाहरुले लोकतन्त्रलाई आत्मसाथ गर्न सकेनन् । त्यसैले राजालाई लिएर राजालाई बोकेर नेपाली जनतालजाई अधिकार सम्पन्न गराउन सकिँदैन, जनता अधिकहार सम्पन्न नभई जनताको प्रगति र उन्नती पनि सम्भव छैन र स्वतन्त्र, सारभौम र स्वाधिन नेपाल सम्भव छैन यो हाम्रो निष्कर्ष रह्यो । त्यही दिनबाट हामीले नेपाली कांग्रेस पार्टीलाई गणतन्त्र उन्मूख बनाएर लिएर गयौँ र अन्ततः नेपाली कांग्रेस गणतन्त्रमा पुग्यो ।
जब नेपाली कांग्रेस पार्टीले महासमिति बैठक गरेर गणतन्त्रको प्रस्तावलाई सर्वसम्मत पारित गर्‍यो, त्यही मितिबाट नेपालमा गणतन्त्रको झण्डा फहराएको हो । खालि त्यसको कार्यान्वयन हामीले विधिपूर्वकरुपमा हुनुपर्छ भन्यौं र संविधानसभाको पहिलो निर्वाचनपछि संविधानसभाको पहिलो बैठकबाट नै हामीले गणतन्त्रलाई कार्यान्वयन गर्‍यौँ ।
राम्रो पक्षचाँही के छ भने त्यो निर्णयलाई तत्कालीन राजा ज्ञानेन्द्रले सहजै ढंगले स्वीकार गरे । त्यो पनि एउटा महत्वपूर्ण पक्ष हो ।
राजतन्त्र र हिंसात्मक राजनीतिको अन्त्य
माओवादीले चलाएको बन्दुकको राजनीति वा हिंसाको बाटो जनताको हितमा थिएन । नेपालको हितमा थिएन । र, यसले परिवर्तन ल्याउने कुनै सम्भावना थिएन । त्यसैले हाम्रा सामु दुईवटा चुनौती थिए, एउटा माओवादीको बन्दुकसँग लड्ने र अर्को राजाको बन्दुकसँग लड्ने । माओवादीको बन्दुकलाई पनि तह लगाउनु थियो, राजाको बन्दुकलाई पनि तह लगाउनुथियो ।
राजाको माघ १९ को कदमपछि राजाले लोकतन्त्रको विरुद्धमा प्रत्यक्ष बन्दुक उठाए । माओवादीले त ०५२ सालदेखि सशस्त्र द्वन्द्वको नाममा हिंसालाई उठाएकै थियो । १५ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको थियो । त्यसैले एकैसाथ हामीले एउटा रणनीति तय गर्यौ, एउटा बाटो तय गर्‍यौँ । त्यो भनेको माओवादी र राजाको दुबैको बन्दुकलाई एकसाथ तह लगाउनुपर्छ ।
माओवादीको बन्दुकलाई तह लगाउने भनेको माओवादीको सशस्त्र संगठनलाई विघटन गर्नुपर्छ र माओवादीका हतियार राज्यलाई बुझाउनु पर्दछ र माओवादीलाई शान्तिपूर्ण बहुदलीय लोकतन्त्रको बाटोमा माओवादी आउनुपर्छ भन्ने मान्यता अगाडि सार्‍यौँ । राजाको बन्दुकलाई तह लगाउनुको अर्थ राजतन्त्रको अन्त्य हुनुपर्छ भन्ने अर्को नीति हामीले बनायौँ । त्यही नीतिअन्तर्रगत हामी अगाडि बढेका हौँ । र, अन्ततः माओवादीको बन्दुक पनि बिर्सजन भयो र राजतन्त्रको अन्त्य भयो । त्यसकारणले आजको दिनमा तपाईले प्रश्न उठाउँदै गर्दा त्यसबेलाको यो आन्दोलनलाई म स्मरण गर्न चाहन्छु ।
‘गिरिजाबाबु’ युग परिवर्तनका सम्वाहक
खासगरी गिरिजाप्रसाद कोइरालालाई एकदमै स्मरण गर्न चाहन्छु । उहाँले एकदमै महत्वपूर्ण ऐतिहासिक निर्णय लिनुभयो । युग परिवर्तनको उहाँ सम्वाहक हुनुभयो नेतृत्व दिनुभयो । अब त्यो परिवर्तनलाई पहिलो संविधानसभाले व्यवस्थापन गर्न नसके पनि अबको यो संविधानसभाले व्यवस्थापन गर्न सक्छ भन्नेमा हामी विश्वस्त छौँ ।
मुलतः नेपाली कांग्रेस पार्टी चाहन्छ नेपालमा शान्ति होस्, लोकतन्त्र संस्थागत होस् जनताको अधिकार सुनिश्चित होस्, प्रगति होस् समृद्धि होस् एक स्वतन्त्र, सारभौम र स्वाधीन अखण्ड नेपाल सदा रहिरहोस् र यो विश्वमा नै एउटा सम्पन्न शान्तिपूर्ण सम्पन्न र स्वाधीन राष्ट्रका रुपमा संसारभर चिनिएर जाओस् हाम्रो यही नै लक्ष्य हो आजको दिनमा ।
२०६३ बैशाख ८ देखि ११ वीचको कुरा
हामीले हाम्रो आन्दोलनको परारम्भ गर्दा पनि हाम्रो आन्दोलनलाई एउटा बिन्दुमा पुगेपछि रोक्दा पनि राजालाई पूरापुर आन्दोलनलाई अगाडि बढाउँदा पनि हामीलाई कसैका कुरा सुनेका छैनौँ । तर, एउटा कुरा के हो भने नेपालको विकास नेपालको शान्तिपूर्ण राजनीतिलाई अगाडि बढाउँदा, नेपालको बुहदलीय लोकतन्त्रलाई अगाडि बढाउँदाखेरि हामीले खासगरी लोकतान्त्रिक आन्दोलनमा हामीले खासगरी छिमेकी देश भारतको साथ र सहयोग लिएकै छौँ । जस्तो- २००७ सालको जनक्रान्ति सम्झनुस्, ०४६ सालको जनआन्दोलन सम्झनुस् १२ बुँदे समझदारी हुँदै ०६२/०६३ को जनआन्दोलन सम्भिmनुस् हामीले भारतको राजनीतिक दल त्यहाँ नेताहरुको साथ लिएका हौँ ।
त्यहाँको मात्रै होइन, युरोपेली मुलुकहरु अझ खासरी अमेरिका जुन देश लोकतान्त्रिक व्यवस्थामा, प्रजातान्त्रिक पद्दतिमा विश्वास गर्छन् त्यस्ता मुलुकका जनताको हामीले स्वभाविकरुपले अन्तर्राष्ट्रिय जगतको साथ र सहयोग लियौँ । त्यो कुरा स्वभाविक थियो । तर, के छ भने हामीले आन्दोलनको डिजाइन तयार गर्दा, हामीले जनआन्दोलनको तय गर्दा, हामीले रणनीति गर्दा, अहिले नै भन्नुस् न संविधान निर्माण गर्दा हामी नेपालीहरुले आफ्नै माटोमा उभिएर गर्छौँ, नेपालीहरु नै मिलेर गछौर्ं । हामी नेपालीहरुकै एकताबाट यहाँको समाज बनाउने हो राष्ट्र बनाउने हो त्यो बाटोमा हामी केन्द्रीय छौँ ।
सिक्लेसदेखि माओवादीलाई काठमाडौं ल्याउँदा
त्यसबेलका चुनौती धेरै थिए । म गृहमन्त्री पनि थिएँ । साथै मैले माओवादीहरुलाई शान्ति प्रक्रियामा ल्याएर आउनु्पर्ने थियो । सिक्लेसदेखि काठमाडौँसम्म माओवादी नेताहरुलाई काठमाडौँ लिएर आउनुपर्ने थियो । त्यो मैले जोखिम मोलेरै सफलताका साथ काठमाडौँ ल्याउन सफल भएँ । त्यसबेलाका माओवादीहरुलाई जंगलबाट बन्दुकसहित लिएर काठमाडौँ आउनुपर्ने थियो । त्यो बन्दुक सरकारलाई बुझाउन लगाउनुथियो । त्यो सहज बाटो थिएन । सरल बाटो थिएन ।
देशभर कहिँ पनि सुरक्षा निकायको उपस्थिति थिएन । म गृहमन्त्री हुँदाको अवस्थामा सबै सुरक्षाकर्मी सदरमुकाममा काँडेतारले घेरिएर बसेको अवस्था थियो। मैले विस्तारै सुरक्षा निकायहरुलाई फेरि पुर्नस्थापना गराएर गाउँघरसम्म पुर्‍याउनुपर्ने अवस्था थियो ।
माओवादी साथीहरुलाई सम्झाएर बुझाएर लोकतन्त्रको मूलबाटोमा ल्याएर आउनु पनि थियो । शान्तिको मूल बाटोमा ल्याउनु थियो । सात दलका नेताहरु र माओवादीका वीचमा सहमति गराउनु थियो । खासगरी गिरिजाप्रसाद कोइराला र प्रचण्डवीचमा सहमतिमा गराउनुपर्ने पनि थियो । भन्नाले सातदलको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गर्नु भएको थियो । तर, अरु पार्टीको भूमिका छैन भन्ने होइन । जस्तै एमालेका माधवकुमार नेपालको यसमा धेरै भूमिका छ ।
माओवादीहरुलाई वार्तामा लिएर आउनका लागि, शान्तिपूर्ण बाटोमा ल्याउन अरु पार्टीको पनि सहयोग छ । विनासहयोग त सहमति सम्भव थिएन । सात पार्टीको नेतृत्वको कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले गर्नुभयो र विद्रोही पक्ष माओवादीको नेतृत्व प्रचण्डले गर्नुभयो । उहाँहरुको बीचमा शान्ति र लोकतन्त्रका मूल आदर्शमा आधारित एउटा सझदारी गराउनुथियो एउटा सहमति गराउनुथियो । र, त्यो सहमतिको बाटोबाट देशलाई अगाडि बढाएर देशमा शान्ति कायम गर्नुथियो । बहुदलीय लोकतन्त्रको स्थापना गर्नु पनि थियो । जनताको सारभौम र राजकीय सत्ता पूर्णरुपले जनतामा स्थापित गर्नुथियो राजतन्त्रलाई अन्त्य गर्नुपर्ने थियो । त्यो राजनीतिक कोर्स पूरा भयो । परिवर्तनको आयो, क्रान्ति पूरा भयो ।
अब गर्नुपर्ने काम
यो क्रान्तिलाई व्यस्थापन गर्न नयाँ संविधान बनाउन हामीले सकेका छैनौं । बनाउने बाटोमा छौँ । त्यसैले आज गणतन्त्र दिवसलाई सम्भिmँदाखेरि हामीले यति नै भन्नुपर्छ कि हामीले जुन परिवर्तन ल्यायौँ, ७० वर्षभन्दा लामो संघर्षको परिणामस्वरुप त्यो परिवर्तनलाई हामीले संस्थागत गर्न सक्नुपर्दछ ।
संस्थागत गर्नका लागि समयमै संविधान ल्याउनुपर्छ । संविधान आएपछि नेपालले राजनीतिक स्थायित्व कायम गर्छ । तबमात्रै यो देशको समृद्धि र प्रगति सम्पन्न हुन्छ, तबमात्रै हामीले यो युग परिवर्तनका लागि सहादत प्राप्त गर्ने, त्याग तपस्या गर्ने, बलिदान गर्ने तमाम नेपाली जनताका छोराछोरीप्रति हामीले सच्चा श्रद्धाञ्जली अर्पण गरेेको ठहर्छ ।
अब यो गणतन्त्रलाई हामीले व्यवस्थित ढंगले अगाडि लैजानका लागि नयाँ संविधान निर्माण गर्नुपर्दछ । पहिलो संविधानसभाले नयाँ संविधान निर्माण गर्ने सवालमा सफल हुन सकेन तथापि यसले धेरै महत्वपूर्ण काम गरेको छ । विगतमा भएका निर्णयलाई पनि आकार मान्छौँ र अहिलेको समयसापेक्ष आएका उठेका विचारहरुलाई समयको विकासक्रमसँगै चेतनाको स्तरमा पनि बृद्धि भएको छ । त्यसलाई पनि मध्यनजर गरेर नयाँ संविधान निर्माण गर्नुपर्छ । यही आउने माघ महिनाभित्र नयाँ संधिवान घोषणा गर्नु छ त्यही अनुसार त्यसकै कार्यदिशामा अहिले नेपालको राजनीतिक केन्दि्रत भएको छ ।

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page