विश्व धूमपान रहित दिवस आज विविध चेतनामूलक कार्यक्रम गरि चितवन सहित देशैभर मनाईएको छ । सूतिर्जन्य पदार्थमा कर बढाऔं, रोग तथा मृत्यु घटाऔं भन्ने नाराका साथ यो दिवस मनाईएको हो । दिवसको अवसरमा आज विहान बी.पी.कोइराला मेमोरियल क्यान्सर, अस्पताल नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखा, जिल्ला जनस्वास्थ्य कार्यालय चितवन, जिल्ला शिक्षा कार्यालय चितवन, हंस बहुउद्देश्ययी सहकारी संस्था लि. र जिल्ला प्रहरी कार्यालय चितवन संयुक्त रुपमा प्रभातफेरी निकालेका छन् । नारायणगढको पोखरा बसपार्कबाट सुरु भएको सो ¥याली, लिलाचोक, पुलचोक, सहिदचोक हुंदै लायन्सचोकमा पुगी कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागिहरुले धुम्रपानविरुद्ध चेतनामूलक ब्यानर र प्लेकार्ड बोकेका थिए ।
दिवसकै अवसरमा अर्बुद रोग निवारण संस्थाले जिल्लाका विभिन्न स्कुल तथा सार्वजनिक स्थलमा होडिङ बोर्ड राख्नका लागि विभिन्न संस्थाको सहयोगमा पहल थालेको नेपाल अर्बुद रोग निवारण संस्था चितवन का अध्यक्ष दिनेश चुकेले बताउनुभयो । कार्यकंमका प्रमुख अतिथि समेत रहेका बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा. सि.वी पुनले क्यान्सर जस्तो पा्रण घातक रोगबाट बच्न एक मात्रै उपाय सूर्तीजन्य पदार्थको प्रयोगबाट टाढा रहुनु भएको भन्दै सूर्तीजन्य पढार्थको पूर्ण नियन्त्रणको जरुरी रहेको बताउनुभयो । डा.पुनले उपयुक्त नियम कानुनको कार्यान्वयन गराउन नसक्दा र भएका कानुनहरुको पनि पालना नुहुंदा धुम्रपान गर्नेहरुको संख्यामा वृद्धि हुंदै गइरहेको बताउनुभयो । संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य निलकण्ठ ढुगाना , स्वास्थ्य शिक्षा सूचना तथा संञ्चार केन्द्रका डा.युदुचन्द्र घिमिरे, गौरी प्रधान, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहर सिंह गोदार, जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठ, लगायतले बोल्नुभएको थियो । कार्यक्रममा हंस बहुउद्देश्ययी सहकारी संस्था लि., युथ क्लब नारायणगढ, रोटरी क्लब, बह्रकुमारी राजयोग सेवा केन्द्र, होटल गंगोत्री सहितका संस्थाहरुको विशेष सहयोग गरेका थिए ।
नेपालमा धुम्रपानका कारण बर्षेनी १५ हजारको मृत्यु हुने गरेका छ भने दैनि ४२ जनाको मृत्यु हुने गरेको तथ्याङक छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्र्षको मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।