७ असार, काठमाडौं ।
होन्डुरसलाई २-१ गोल नतिजाले स्तब्ध पारेको इक्वेडरले आफ्नो दोस्रो चरण पुग्ने संभावनालाई बलियो बनाएको छ । शनिबार बिहान भएको खेलमा होण्डुरसले ३१ औं मिनेटमा गोल गर्दै अग्रता लिएपनि सम्हालिन नसक्दा नतिजा इक्वेडरको पक्षमा पुग्यो ।
होन्डुरसका कार्लो कोस्टलीले ३१ औ मिनेटमा गोल गरे पनि अन्य खेलाडीले यसलाई बढाउन सकेनन् जहाँ इक्वेडरका इनर भ्यालेन्सियाले दुई गोल गर्दै अन्तिम १६ को बाटो खुल्लै राख्न मद्दत गरे ।
भ्यालेन्सियाले खेलको ३४ र ६५ औं मिनेटमा इक्वेडरको लागि गोल गरेका थिए । इक्वडेर आफ्नो पहिलो खेलमा स्विटजरल्याण्डसँग २-१ ले पराजित भएका कारण अन्तिम १६ मा पुग्ने बाटो कठिन रहेको छ ।
इक्वेडरसँग पराजित होण्डुरस भने यसअघि फ्रान्ससँग ३-० ले पराजित भएका कारण उसको अर्को चरणको संभावना सकिएको छ ।
समूह इ को अंक तालिकामा गोल अन्तरको आधारमा इक्वेडर दोस्रो स्थानमा छ । अब यो समुहमा हुने अर्को खेलले नै इक्वेडरको भाग्य निर्धारण गर्नेछ ।