रात्री भोजसहित चलचित्रकर्मीलाई राष्ट्रपतिले अवार्ड दिने


चलचित्र विकास बोर्डले आयोजना गर्न लागेको ‘राष्ट्रिय फिल्म अवार्ड’का लागि राष्ट्रपति रामवरण यादवले समय दिएका छन् । राष्ट्रपतिले समय नदिदा लामो समयदेखि यो अवार्ड वितरण रोकिएको थियो ।
असार १६ गते राष्ट्रपति भवनमा आयोजना हुने एक भव्य कार्यक्रममा अवार्ड वितरण हुने चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरवैत्ताले जानकारी दिए । उनले एक सयदेखि डेढसय चलचित्रर्मी, पत्रकारलाई निमन्त्रणा गर्ने बताए ।
अवार्डसँगै राष्ट्रपति भवनमा रात्री भोजको आयोजना गर्ने तयारी बोर्डले गरेको छ । ४ बर्षदेखि आयोजना हुन नसकेको अवार्ड एकसाथ हुन लागेको हो । चलचित्र क्षेत्रमा विभिन्न खालका विवाद भएकाले राष्ट्रपति डाक्टर रामवरण यादवले समय दिन अनकनाएका थिए । तर पछिल्लो समयमा चलचित्रकर्मीसँगको निकटता बढेपछि राष्ट्रपति पनि अवार्डलाई लिएर सकारात्मक देखिएका छन् ।

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page