काठमाडौं, असार ७ - एमाले वरिष्ठ नेता माधबकुमार नेपाल पक्षले महाधिवेशन प्रतिनिधि चयन क्रममा संसदीय दल नेता केपी ओली पक्षले आक्रमण गरेको आरोप लगाएको छ ।
नेपाल विचार समूहका नेता योगेश भट्टराईले शनिबार बिज्ञप्ती जारी गरी नेता भीम रावललगायतमाथि आक्रमण गरी घाइते बनाएको जनाएका छन् । 'सेती-काठमाण्डौ सम्पर्क कमिटीको प्रतिनिधि निर्वाचनको मतदानस्थलमा एक अराजक समूहले पार्टी कार्यकर्ता भीम रावल लगायत माथि आक्रमण गरी घाइते बनाइएको छ र निर्वाचन कार्यमा खटिएका कमरेडहरुमाथि समेत हातपात गरेका छ' बिज्ञप्तीमा उल्लेख छ, 'विचारको सम्मान र लोकतान्त्रिक विधिको अभ्यासबाट डराएर पार्टीभित्रकै एउटा समूहले हाम्रो विचार समूहका कमरेडहरु माथि विभिन्न स्थानमा आक्रमण गर्ने, मतपत्र च्यातने, फर्जीमत प्रयोग गर्ने, हुलहुज्जत गर्ने जस्ता कार्य गरेका छन् ।' उनले सुर्खेत क्षेत्र नं. २ मा प्रतिनिधि चयनका क्रममा पार्टीका संगठीत सदस्यहरु चन्द्र बहादुर के.सी., निरक ओली महाधिवेशन प्रतिनिधि उम्मेवारद्वय बखत खत्री र प््मा ख्ा, युवा संघ जिल्ला कमिटीका सदस्य हिक्मत ओली, डोल्पामा प्रतिनिधि चयनका बारेमा छलफल चलिरहेको बेला बैठक स्थलमै आक्रमण गरेको आरोप लगाएका छ्् ।
'हामीले पटक पटक डनवाद र धनवादबाट हुन सक्ने यस्ता गलत कार्यशैलीप्रति खवरदारी गर्दै त्यसका विरुद्ध पार्टीपंक्तिलाई सजग गराउदै आएका थियौं । हाम्रो वारम्वारको खवरदारीका बावजुद पनि भएका यी सबै उच्छृङखल, अमर्यादित अलोकतान्त्रिक गतिविधिको हामी निन्दा गर्दछौं' उनले भनेका छ्् । उनले घटना भएका ठाउँको निर्वाचन प्रक्रिया स्थगित गरी यथाशीघ्र निर्वाचनको अर्को मिति तोक्न पार्टी निर्वाचन आयोग र संगठन विभाग समक्ष माग गरेका छन् ।