१० असार, इटहरी ।
सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएपछि कोसी ब्यारेजमा खतराको सूचक रातो बत्ती बालिएको छ। सप्तकोसीमा सोमबार साँझ ६ बजेको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड २ लाख ११ हजार ३ सय ९६ क्युसेक पुगेको छ।

बहाव उच्च भएपछि ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खुला गरेर रातो बत्ती बालिएको छ। बहाव १ लाख ५० क्युसेक कटेमा पश्चिमतर्फ, २ लाख क्युसेक कट्नेबित्तिकै पूर्वतर्फ र ३ लाख माथि पुगे मध्यभागमा रातो बत्ती बालिन्छ।
बहाव निरन्तर बढेकाले आवश्यकताअनुसार थप ढोका खोल्न सकिने स्थानीय प्रशासनले जनाएको छ। पहाडी जिल्लामा वर्षा भइरहेकाले आइतबार अपराह्नदेखि कोसीको बहाव बढ्न थालेको आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।
स्थानीय प्रशासनले समस्या नदेखिएको जनाए पनि सप्तकोसीमा पानीको बहाव बढ्नासाथ पूर्वी तटबन्ध क्षेत्रका बासिन्दालाई भने चिन्ताले सताउन थालेको छ। कोसी ब्यारेजमा ९ लाख ५० हजार क्युसेक भारवहन क्षमता छ। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिएका कारण थोरै बहाव बढ्दा पनि खतरा हुने गर्छ।
२०६५ भदौ २ गते बहाव प्रतिसेकेन्ड १ लाख ६८ हजार क्युसेक हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यो बेला तीन महिनाको निरन्तर प्रयासपछि सप्तकोसीलाई पुरानै धारमा फर्काइएको थियो।