२१ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाको चीन भ्रमणको टोली ३० सदस्यीय जम्बो बनेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री सुशील कोइरालाको दुई दिने चीन भ्रमण स्कीकृत गरेको हो ।
चीनको कुन्मिनमा हुन लागेको दोस्रो चीन दक्षिण एशियाा एक्स्पोमा सहभागी हुन प्रधानमन्त्री कोइराला बिहीबार चीन जाँदैछन् ।सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालका अनुसार प्रधानमन्त्री कोइरालाको भ्रमण टोलीमा ३० सदस्यीय रहनेछन् ।निजामति विधेयक स्वीकृत, टेलिभिजनबाट अग्रवाललाई विदामन्त्रिपरिषद बैठकले निजामती सेवा ऐन ०४९ को संशोधन विकेयकलाई स्वीकृत गर्ने निर्णय गरेको छ । अब यो विधेयकले व्यवस्थापिका संसदमा प्रवेश गर्ने बाटो पाएको छ ।साथै महाकाली नदीमा आएको बाढीबाट घरवार विहीन भएका दार्चुलाका पीडित परिवारलाई पुनःस्थापनाका लागि सहुलियतमा ऋण उपलब्ध गराउने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको रिजालले बताए ।बैठकले नेपाल टेलिभिजनका अध्यक्ष सीताराम अग्रवालले दिएको राजीनामा स्वीकृत गरेको छ । यस्तै स्वर्गीय राजा वीरेन्द्र शाहको नाममा धादिङ र नुवाकोटमा भेटिएको सम्पत्ति नेपाल ट्रष्टको नाममा राख्ने निर्णय गरेको छ ।सुकीलाई निम्तो आगामी जेठ ३१ गते नेपाल आउन लागेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई औपचारिकरुपमा नेपाल भ्रमणको निम्तो पठाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।