नारायण ढुंगाना चितवन ,असार १४,
सहकारी संस्थाको किनवेचमा एउटा गिरोह सक्रिय भएको खुलेको छ । चितवन लगायत देशका विभिन्न भागमा सहकारी खरिदविक्रि गरेर मोटो रकम कुम्ल्याउने गरेको पाईएको हो । जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवन श्रोतका अनुसार चितवनमा पनि यस्तो गिरोह सक्रिय छ । पत्रपत्रिकामा सहकारी किनवेचको सुचना विभिन्न क्षेत्रमा देख्न सकिन्छ । चितवनमा सुचना निकालिएको नभएपनि भित्री रुपमा खरिद विक्रि भएको पाईएको कार्यालयले जनाएको छ ।
श्रोतका अनुशार मोटो रकम लिएर एउटाको नाममा भएको सहकारी अन्यले किन्ने र संचालक समिति समेत परिवर्तन गर्ने गरेको पाईएको हो । सहकारी प्रशिक्षण डिभिजन कार्यालयले थाहा पाउने डरले नामसारी भने नगर्ने गरेको श्रोतको भनाई छ । चितवनमा ३,४ वटा सहकारी विक्रि भएको श्रोतको भनाई छ ।
विभिन्न स्थानमा अनौपचारिक रुपमा खरिदविक्रि गरेको पाईएकाले त्यसलाई कडाई गरेको सहकारी प्रशिक्षक श्रीकृष्ण नेपालले बताउनु भयो । कार्यालयले कुन संस्था खरिदविक्रि भयो भनेर खुलाएको छैन । तर एक कर्मचारीले किनवेचमा दशौं लाखको लेनदेन हुने गरेको खुलेको छ ।
यस्ता गतिविधि रोक्नका लागि विभिन्न नयाँ रणनीति अपनाईउको उहाँले बताउनु भयो । जसअनुसार हरेक महिनाको ७ गते प्रगतिविवरण बुझाउनुपर्ने व्यवस्था गरेको कार्यालयले जनाएको छ । यस्तै साधारण सभाको लेखा प्रतिवेदन १५ दिनभित्रमा बुझाईसक्नुपर्ने र नल्याएमा जरिवाना लिने लगायत विषयमा कडाई गरिएको कार्यालयले जनाएको छ ।
नेपालका सहकारीको संख्या भने २९ हजार पुगेको राष्ट्रिय सहकारी बैकका नायव महाप्रवन्धक बद्रीकुमार गुरागाईले बताउनु भयो । उहाँले बैंकिंग क्षेत्रमा अपराध गर्न नसक्ने भएकाले यस्ता अपराधिहरु सहकारीमा छिरेको भन्दै सचेत हुन आग्रह गर्नुभएको छ । उहाँले सहकारी संचालकहरुले लेखा चुस्त पार्न नसकेका कारण सहकारी व्यवस्थापनमा समस्या आईरहेको समेत बताउनु भयो ।

दुई बर्षमा ६६ सहकारी खारेज
चितवनमा दुई बर्षको अन्तरालमा ६६ सहकारी खारेज गरिएको छ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका अनुसार यहाँ अघिल्लो बर्ष ४४ र यो बर्ष २२ गरी ६६ सहकारी खारेज भएको हो । खारेजीमा प्रमाणपत्र लिएर पनि तीनबर्षदेखि संचालनमा नआएका र दर्ता गरेर शर्त पालना नगरेका र नियमित साधारणसभा गछौं भनेर पनि काम नगरेका सहकारीहरु परेको चितवनका सहकारी प्रशिक्षक श्रीकृष्ण नेपालले बताउनु भयो । यसबर्ष खारेजीमा पर्ने सहकारी मध्ये ५ वटा कृषि र ३ वटा बचत समेत परेको नेपालले बताउनु भयो ।
चितवनमा हाल ६५५ सहकारी रहेको छ । जसमा २७४ वचत तथा ऋण सहकारी छ । यस्तै दुग्ध सहकारी १४३ ,कृषि १०० ,वहुउद्देश्यीय ४८ ,तरकारी तथा फलफूल १० , उपभोक्ता ९ लगायत छन् । जिल्लाका ३२ सहकारीले बार्षिक रु ५ करोड भन्दा माथिको कारोवार गर्दै आएको छ । कुनै सहकारीले ३० करोडसम्मको कारोवार गरेको नेपालले बताउनु भयो ।