२३, जेठ काठमाडौं । ब्राजिलका प्रशिक्षक लुईस फिलिप स्कोलारीले घरेलु टोली फाइनलमा पुगे अर्जेन्टिना उपुयक्त प्रतिद्वन्द्वी हुने बताएका छन् ।
आफु आफ्नो स्टाफले विश्वकपका सहभागीहरुको विश्लेषण गरेको भन्दै उनले जुन १३ मा दुई दक्षिण अमेरिकी शक्ति भिड्न सक्ने बताए ।
ब्राजिललाई घरेलु मैदानमा हुन लागेको विश्वकप जित्न अर्जेन्टिना मुख्य चुनौतीका रुपमा हेरिएको छ । अर्जेन्टिना फाइनलमा पुग्ने अनुमान गर्दै ब्राजिलका प्रशिक्षक स्कोलारीले भनेका छन्-’मलाई आश छ । हामी ब्राजिल-अर्जेन्टिना फाइनल बनाउँछौं ।’
अर्जेन्टिना छिटै बाहिरियोस् भन्ने आफ्नो चाहना नभएको भन्दै उनले अर्जेन्टिनाले राम्रो फुटबल खेल्नु पर्ने बताए । ‘तर, उनीहरु बाहिरिए भने मेरो समस्या होइन । मेरो समस्या त ब्राजिल हो । ब्राजिललाई विश्वकप फाइनलमा पुर्याउनुछ ।’
