चितवन प्रहरी द्धारा १२८ केजी गाँजा बरामद

चितवन प्रहरीले लोथर–२ चात्राङबाट १२८ केजी गाँजा बरामद गरेको छ । प्रहरी निरिक्षक राममणी उप्रेती नेतृत्वको टोलीले आज दिउसो लोथर–२ चात्राङ निवासी कृष्ण बहादुर चितुङको घरबाट प्याकिङ गरी बाख्राको गोठमा राखेको अवस्थामा गाँजा बरामद हो । 
 
विशेष सूचनाको आधारमा गाँजा वरामद गरिएको उप्रेतीले जानकारी दिनुभयो । आफूले गाँजा नराखेको र कसले राखेको हो सो बारेमा आफूलाई जानकारी नरहेको चितङले प्रारम्भीक वयान दिएको भए पनि घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page