आज विपी स्मृति दिवस,चितवनमा विभिन्न कार्यक्रम हुदैं

चितवन, साउन ६-नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा आज विपी स्मृति दिवस मनाइँदै छ ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइरालाको वि।स। २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।वि।सं। २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका काँग्रेसको महाधिवेशनमा उनले  उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए ।

२०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री रहेका थिए ।राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याएका कोइरालाका तीन घुम्ती २०२५०, नरेन्द्र दाइ २०२६०, सुम्निमा२०२७०, मोदीआइन९२०३६०, हिटलर र यहुदी २०४००, बाबु,आमा र छोरा२०४५०, उपन्यास एवम् कथातर्फ–मेरो कथा २०४००, दोषी चश्मा २०३९० र श्वेत भैरवी २०३९० प्रकाशित छन् ।उनका साहित्यिक कृतिहरू विशेषतः यौन मनोविज्ञानमा आधारित छन् ।विपी कोइरालाको तस्विर अङ्कित पहिलो हुलाक टिकट २०४७ सालमा प्रकाशन भएको थियो ।
विपी कोइरालाको जन्म शताव्दीको अवसरमा नेपाली काँग्रेसले आज साउन ६ गते ९स्मृति दिवस० देखि भदौ २४ ९जन्म दिवस० गतेसम्म विपी कोइराला जन्मशताब्दी कार्यक्रमलाई विशेष अभियानका रूपमा देशभरि विविध कार्यक्रमसहित मनाउने तयारी गरेको छ ।विपी जन्म शताव्दीका अवसरमा काँग्रेसले २००३ सालको विराटनगरको जुटमिल मजदुर आन्दोलनको क्रममा पक्राउ गरी विपी, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, तारिणीप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारीलाई अड्डासार गर्दै मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर हुँदै काठमाडाँै ल्याउँदाको मार्गमा विपीका राजनीतिक, आर्थिक, सामाजिक चिन्तन एवम् विचारलाई जनस्तरसम्म पु¥याउने लक्ष्य राखेको छ ।विपीको सपनाअनुसार भविष्यको समृद्ध नेपाल कायम गराउन देशभर विपी विचार यात्रा आयोजना गरिएको नेपाली काँग्रेसले जनाएको छ ।यसैविच चितवनमा पनि विभिन्न कार्यक्रम गरि विपि स्मृति दिवस मनाइदै छ ।
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page