६ साउन, काठमाडौं । स्वास्थ्य उपचारका लागि एक महिनादेखि अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइराला मंगलबार स्वदेश फर्कदैछन् । कोइराला आज साँझ ८ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । फोक्सोमा क्यान्सरको संक्रमण देखिएपछि उपचारका लागि कोइराला एक महिनाअघि अमेरिका गएका थिए । अमेरिकामा उनले न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा फोक्सोमा देखिएको समस्याको उपचार गराएका थिए । उक्त संक्रमणको रेडियोथेरापी विधिद्धारा उपचार गरिएको थियो । प्रधानमन्त्री कोइरालालाई लामो समयदेखि ब्रोङकाइटिस भएका कारण चिकित्सकहरुले दिएको सल्लाह अनुसार फोक्सोमा देखिएको क्यान्सरको संक्रमणलाई शल्यक्रिया नगरी रेडियोथेरापी विधिमार्फत उपचार गरिएको थियो । - 
Share this Page
Popular Posts
-
काठमाडौ, श्रावण ६ - यति बेला बलिउडकी कान्छी नायिका आलिया भट्टको जगजगी छ। 'हम्प्टी शर्मा की दुल्हनियाँ' ले सय करोड क्लबको बाटो देखा...
-
काठमाडौं, १९ माघ गुरुकुल कलेजका दुई सञ्चालकलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कलेजका कार्यकारी निर्देशक सुजित सिंह...
-
६ साउन, भैरहवा । लागूऔषध सहित दुई नेपाली भारतमा पक्राउ परेका छन् । नेपाल भारतको सिमानाका भारती शहर सुनौलीमा ब्राउन सुगर सहित दुई नेपाली पक्...
