एघारमै शाहिदसँग प्रेम

काठमाडौ, श्रावण ६ - यति बेला बलिउडकी कान्छी नायिका आलिया भट्टको जगजगी छ। 'हम्प्टी शर्मा की दुल्हनियाँ' ले सय करोड क्लबको बाटो देखाइरहेका बेला यति बेला उनलाई फिल्मका अफरको घुइँचो बढ्दै गइरहेको छ।
हालै, विकास बहलले उनलाई फिल्म 'शानदार' का लागि गरेको प्रस्तावलाई उनले स्वीकार गरिदिएकी छन्। अब उक्त फिल्ममा उनको अपोजिटमा नायक शाहिद कपुर देखा पर्नेछन्। 'इशक विशक' बाट बलिउड प्रवेश गरेका शाहिद पनि कुनैबेला चकलेटी हिरोका रूपमा बढी चिनिन्थे। अब उनको भेट अर्की चकलेटी नायिकासँग हुने भएको हो। यतिबेला आएर आलियाले शाहिदका बारेमा नयाँ खुलासा गरेकी छन्। 'म शाहिदकी एकदमै ठूली फ्यान हुँ,' आलियाले थपिन्, 'मैले सबैभन्दा पहिला हेरेको फिल्म पनि उनैको 'इशक विशक' थियो। त्यो बेला म केवल ११ वर्षकी थिएँ। त्यही बेलादेखि नै म उनकी ठूलो फ्यान भएकी हुँ। त्यो बेला त म शाहिदलाई मनैदेखि प्यार गर्थें।'
यतिबेला उनै नायकसँग फिल्म खेल्न पाउने भएपछि आलिया बढी नै उत्साहित पनि भएकी छन् रे। आलियाले आफ्नै उमेरका वरुण धवनदेखि पाका नायक रणदीप हुड्डा, सिद्धार्थ मल्होत्रा, अर्जुन कपुरसँग स्त्रिmन सेयर गरिसकेकी आलिया शाहिद भने सबैभन्दा पृथक रहेको मान्छिन्। 'म सबै कलाकारसँग काम गर्न सहज महसुस गर्छु। तर पनि शाहिद सबै-भन्दा अलग छन्। उनी एकदमै हँसमुख छन्।' त्यसैले पनि उनले 'शानदार' लाई दायाबायाँ नसोचीकनै ओके भनिदिइन्।
उक्त फिल्म यसै वर्षको अन्त्यतिर इंग्ल्यान्डमा छायांकन हुनेछ। यसै वर्ष सफल फिल्म 'क्वीन' लिएर आएका बहलले त्यसलाई पेरिसमा छायांकन गरेका थिए।aalia
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page