६ साउन, भैरहवा । लागूऔषध सहित दुई नेपाली भारतमा पक्राउ परेका छन् । नेपाल भारतको सिमानाका भारती शहर सुनौलीमा ब्राउन सुगर सहित दुई नेपाली पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा रुपन्देहीको देवदह नगरपालिका ९ की २२ वर्षकी सोनु श्रेष्ठ र सोही स्थानका २१ वर्षका विजय गुरुङ रहेका छन् । पक्राउ परेका श्रेष्ठको साथबाट ६० ग्राम र गुरुङको साथबाट १५ ग्राम गरी कुल ७५ ग्राम करिब ७ लाख ५० हजार (भारु) रुपैयाँ बराबरको लागुऔषध ब्राउनसुगर बरामद भएको सुनौली प्रहरी प्रमुख अशोक कुमार सिंहले बताएका छन् । विशेष सुराकीको आधरमा उनीहरुले सुनौलीबाट नेपाल तर्फ लागुऔषध ब्राउनसुगर लिएर जादै क्रममा सिमानाकाबाट पक्राउ गरिएको सुनौली प्रहरी प्रमुख सिंहले बताए । पक्राउ परेका श्रेष्ठ र गुरुङ माथि एनडिपिएस एक्ट अन्र्तगत सुनौली कोतवालीमा मुद्दा दर्ता गरिएको र अनुसन्धान जारी रहेको सिहंले बताए ।
Share this Page
Popular Posts
-
मिस नेपाल २०१२ को बिजेता सृष्टि श्रेष्ठ चितवनको नारायणघाटमा जन्मेका हुन् । मिस नेपाल २०१२ मा सृष्टिले अरु १५ जना प्रतियोगीहरुलाई पछि पार्...
-
नेपाली सिनेमा क्षेत्रमा ‘स्वर’ नामक सिनेमा मार्फत नायिकाको रुपमा डेव्यु गरेकी केकी अधीकारी चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा जमिरहेकी छि...
-
The northern Lamjung of Nepal has been insfrastructured by the 1 st Surung Margh (canal road) of Nepal. The road was built to shorten ...
