६ साउन, भैरहवा । लागूऔषध सहित दुई नेपाली भारतमा पक्राउ परेका छन् । नेपाल भारतको सिमानाका भारती शहर सुनौलीमा ब्राउन सुगर सहित दुई नेपाली पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा रुपन्देहीको देवदह नगरपालिका ९ की २२ वर्षकी सोनु श्रेष्ठ र सोही स्थानका २१ वर्षका विजय गुरुङ रहेका छन् । पक्राउ परेका श्रेष्ठको साथबाट ६० ग्राम र गुरुङको साथबाट १५ ग्राम गरी कुल ७५ ग्राम करिब ७ लाख ५० हजार (भारु) रुपैयाँ बराबरको लागुऔषध ब्राउनसुगर बरामद भएको सुनौली प्रहरी प्रमुख अशोक कुमार सिंहले बताएका छन् । विशेष सुराकीको आधरमा उनीहरुले सुनौलीबाट नेपाल तर्फ लागुऔषध ब्राउनसुगर लिएर जादै क्रममा सिमानाकाबाट पक्राउ गरिएको सुनौली प्रहरी प्रमुख सिंहले बताए । पक्राउ परेका श्रेष्ठ र गुरुङ माथि एनडिपिएस एक्ट अन्र्तगत सुनौली कोतवालीमा मुद्दा दर्ता गरिएको र अनुसन्धान जारी रहेको सिहंले बताए ।
Share this Page
Popular Posts
-
भरतपुर । आज सोमबार जापान जाने तयारीमा रहेका टाँडीका एकजना अहिले प्रहरी हिरासतमा छन् । सौराहामा साथीभाइसँग कौडा खेलिरहेको अवस्थामा १ लाख १...
-
म १९ वर्षकी भएँ। हामी शिशु जन्माउने उद्देश्यले भेट्छौं। पछिल्लो पटक महिनावारीको १३ दिनमा एकै समयमा दुई पटक सम्पर्क गर्यौं तर योनिमा ...
-
२० मंसिर, खलंगा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी नफुट्ने दावी गर्नु भएको छ । रुकुम सदरमुकाम खलंगामा...
