राष्ट्र बैंकका अनुसार जेठ महिनामा वाषिर्क विन्दूगत मूल्यवृद्धि दर ९.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो वृद्धिदर ८.२ प्रतिशत रहेको थियो । यस अवधिमा पेय पदार्थको मूल्य सुचकांक वृद्धिदर १२.२ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको वृद्धिदर ७ प्रतिशत रहेको छ ।
माछा-मासुको मूल्य १६.१ प्रतिशतले बढेको छ भने फलफुलको मूल्य १४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको यसै अवधिमा माछा-मासुको १४.५ र फलफूलको ९.६ प्रतिशतले मूल्य सूचकांक बढेको थियो ।
अघिल्लो वर्षको यसै अवधिमा ७ प्रतिशतले बढेको चिनी तथा मिठाईको मूल्य यो जेठमा १.६ प्रतिशतले घटेको छ ।
गैर खाद्य तथा सेवा समुहमा पर्ने लत्ता कपडा तथा जुत्ता-चप्पलेको मूल्य वृद्धि ११ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ९.४ प्रतिशत, स्वास्थ्य क्षेत्रको ८.३ प्रतिशत मूल्य वृद्धि भएको छ ।
क्षेत्रगत आधारमा हेर्दा सबैभन्दा बढी मूल्य वृद्धिको चाप तराईमा १०.१ प्रतिशत रहेको छ भने काठमाडौं उपत्यकामा ९.७ प्रतिशत र पहाडमा ८.१ प्रतिशत रहेको छ ।
पछि गत जेठ महिनामा समग्र मूल्यवृद्धि ९.५ प्रतिशत पुगेको छ । यो मूल्य वृद्धि अघिल्लो वर्षको जेठ महिनादेखि यो जेठ महिनासम्मको हो ।
वार्षिक विन्दूगत मूल्य सुचकांक वृद्धिदर
वस्तुहरू | (मूल्य वृद्धि %) यो जेठ | (मूल्य वृद्धि %) अघिल्लो जेठ |
---|---|---|
तरकारी | २७.५ | ९.१ |
सुर्तीजन्य पदार्थ | २५.३ | ११.४ |
मदिराजन्य पदार्थ | २२.५ | ४.४ |
माछा-मासु | १६.१ | १४.५ |
फलफूल | १४ | ९.६ |
चिनी तथा मिठार्इ | ७ | -१.६ |
कपडा तथा जुत्ता-चप्पल | ११ | १० |
फर्निसिङ, घरायसी उपकरण | ९.४ | ११.५ |
स्वास्थ्य | ८.३ | ५.४ |
मनोरञ्जन तथा संस्कृति | ८.२ | ६.३ |
शिक्षा | ७.८ | १२.५ |