अनेरास्ववियु र नेवि संघबीच आरोपप्रत्यारोप
४ साउन, काठमाडौं । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा रहेको वीपी पुस्तकालयमा विद्यार्थीको एक समूहले आइतबार दिउँसो आगजनी गरेको छ ।
आइतबार दिउँसो अनेरास्ववियूका नेता प्रेम केसीमाथि खुकुरी प्रहार भएलगत्तै त्रिचन्द्रको पुस्तकालयमा आगजनी भएको हो । आफ्ना नेतामाथि नेवि संघका कार्यकर्ताले खुकुरी हानिएको भन्दै अनेरास्ववियुका कार्यकर्ताले पुस्तकालयमा आगजानी गरेको नेवि संघका नेता प्रेम जोशीले बताए । आगजनीबाट करिब ४ हजार पुस्तक र २ हजार थेसिस जलेका छन् ।![trichandra-campus-1](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_viu7prBxyxWaPMMQShjRCyXKgo6eods351GoK71rb0UF-1ejP0jt2EN6Du_dX51geZwyrZFHE_KKJHqeQcda6QMOKngf_iu0f320CJ7Vnn2ADWCqNbEjAQNT5YqosYtHKtC4HOZKrKwBDoDapHoXuY=s0-d)
अनेरास्ववियु र नेवि संघबीच आरोपप्रत्यारोप
त्रिचन्द्र कलेजको वीपी पुस्तकालयमा आगजनी भएपछि दुई विद्यार्थी संगठन आरोप प्रत्यारोपमा उत्रेका छन् । अनेरास्ववियूले आफ्ना विद्यार्थी नेता प्रेम केसीमाथि नेवि संघका कार्यकर्ताले खुकुरी हानेका दाबी गरेको छ ।![trichandra-campus-2](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_vKiFv_Hs0tNKdXkuBi0oMl78AXif--PFXfpJBS2hP1NMafir4VUrc3fJEPVKam6z4e50_CHTO5kXjBtwIjPrnIwagFKINiJNzh2nPZBsEpRlXACRiV3NU45IX3Uvm-Ne5jfWQAzYW3ORE-j2uvMfYD=s0-d)
अनेरास्ववियुका नेता अशेष घिमिरेले नेवि संघका कार्यकर्ताले आफ्ना नेतामाथि कलेजमै खुकुरी हानेपछि उपचार भइरहेको बताए । ‘नेवि संघका कार्यकर्ताले हाम्रा नेतामाथि खुकुरी हाने, उहााको काठमाडौं मोडल अस्पताल बागबजारमा उपचार भइरहेको छ’, उनले भने, ‘पुस्तकालयमा भएको आगजनीमा हाम्रो कुनै संलग्नता छैन, नेवि संघले लाएको आरोप झुठो हो ।’
नेवि संघका नेता प्रेम जोशीले वीपी पुस्तकालयमा अनेरास्ववियुकै कार्यकर्ताले आगो लगाएको दाबी गरे । ‘पुस्तकालयमा आगो लगाउने अनेरास्ववियुकै कार्यकर्ता हुन्’, जोशीले भने, ‘अनेरास्ववियुका नेतामाथि खुकुरी हानेको आरोपमा हामीमाथि लगाएर त्यसको बदलामा पुस्कालयमा आगो झोसियो ।’
यसैबीच नेवि संघले त्रिचन्द्र क्याम्पपसमा घटनाबारे विज्ञप्ती निकाल्दै शिक्षा आर्जन गर्ने पवित्र मन्दिरमा दिनदाहडै भएको खुकुरी प्रहारमा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ ।
‘त्रिचन्द्र क्याम्पपसको स्वतन्त्र विद्यार्थी युनियको कार्यालयमा भएको तोडफोड वीपी पुस्ताकालयमा गरिएको आगजानीमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्दछौं’, नेवि संघका मूख्य सचिव शिव रिमालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘खुकुरी प्रहार गर्नेलाई कानुनी दायारमा ल्याउन घटनाको छानविन गर्न सरकार, प्रहरी प्रशासन र क्याम्पस प्रसासन साग माग गर्दछ ।’
‘त्रिचन्द्र क्याम्पपसको स्वतन्त्र विद्यार्थी युनियको कार्यालयमा भएको तोडफोड वीपी पुस्ताकालयमा गरिएको आगजानीमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्दछौं’, विज्ञप्तीमा भनिएको छ, ‘खुकुरी प्रहार गर्नेलाई कानुनी दायारमा ल्याउन घटनाको छानविन गर्न सरकार, प्रहरी प्रशासन र क्याम्पस प्रसासन साग माग गर्दछ ।’