जिल्लामा अवैध चोरी शिकारीमा बृद्धी तथा साँस्कृतिक चाडपर्व एवं गाँउ घरमा हुने साना तिना बिवादमा समेत हतियारको प्रयोग बढेपछि जिल्ला प्रहरी कार्यालयले अवैध हतियार बुझाउन गएको तिन महिना अभियान संचालन गरेको थियो।
अभियानका क्रममा प्रहरीले घरदैलो, बस्तिभेटघाट तथा नियमित गस्ती मार्फत जनतामा प्रचार प्रसार गरी स्थानियलाई हतियार बुझाउन प्रोत्साहित गरेका थिए ।
अधिकांश स्थानमा स्थानियले स्वतस्फुर्त रुपमा प्रहरीलाई हतियार बुझाएका थिए भने केही स्थानमा बेवारिसे अवस्थामा छाडेका थिए । विगतका वर्षहरुमा समेत जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोही अनुरुप अभियान चलाई अवैध रुपमा राखिएका ५३ नाल हतियार नियन्त्रणमा लिएको थियो ।