चुरोट खाएर श्रीमान गुमाएकी महिलालाई २३ खर्ब क्षतिपूर्ति

अमेरिका फ्लोरिडाको एक इजलासले फोक्सोको क्यान्सरले निधन भएका एकजना चेन स्मोकरकी श्रीमतीलाई २३.६ अर्ब डलर जरिवाना तिर्न अमेरिकाको दोस्रो ठूलो चुरोट कम्पनी आरजे रेनोल्ड्सलाई आदेश दिएको छ। उक्त इजलासले श्रीमानको निधन भएका कारण ती महिलालाई थप ७३ लाख डलर क्षतिपूर्ति र ती व्यक्तिको पहिलो श्रीमतीको छोरालाई थप ९६ लाख क्षतिपूर्ति तिराउने निर्णयसमेत गरेको छ।
यो नेपाली मूद्राअनुसार करिब २३  खर्ब रुपैयाँ हो।
यो सम्पूर्ण रकम नेपालको कुल ग्राहस्थ उत्पादन (१९ खर्ब) भन्दा बढी हो।
यो फ्लोरिडाकै इतिहासमा गलत तरिकाले मान्छे मरेको घटनामा तिराएको सबैभन्दा ठूलो जरिवामा रकम हो। सन् २००८ मा सिन्थिया रोबिन्सनले उक्त चुरोट कम्पनीबिरुद्ध आफ्ना श्रीमानको निधनमा कारण रहेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन्। उनका श्रीमान माइकल जोन्सनको फोक्सोको क्यान्सरका कारण ज्यान गुमेको थियो। एक होटलका बस ड्राइभर जोन्सनको ३६ वर्षको उमेरमा निधन भएको थियो। उनले १३ वर्षको उमेरदेखि दैनिक एकदेखि तीन बट्टासम्म चुरोट खाने गरेको ती महिलाको वकिल कार्यालयका प्रवक्ताले भने।
'उनले चुरोट छाड्नै सकेनन्, मर्ने दिनसम्म पनि उनी चुरोट खाइरहेका थिए,' वकिलहरुले रोयटर्सलाई भने।
११ साता लामो ट्रायल र ११ घन्टाको बहसपछि इजलासले ती महिला र उनीहरुको बच्चालाई ७३ लाख डलर क्षतिपूर्त दिन र अघिल्लो श्रीमतीबाट जन्मेको जोन्सनको छोरालाई ९६ लाख डलर तिर्न चुरोट कम्पनीलाई आदेश दिएको हो। त्यस्तै सोही इजलासले चुरोट सेवनकै कारण रबिन्सनको निधन भएको जनाउँदै सात घन्टाको बहसपछि त्यसबापत २३.६ अर्ब डलर तिर्न चुरोट कम्पनीलाई आदेश दिएको छ। उक्त कम्पनीले क्यामेल, विन्स्टन, पाल मललगायत चुरोट उत्पादन गर्छ।  
कुनै कम्पनीले पुर्‍याएको क्षतिबिरुद्ध अमेरिकाको अदालतले तिराएको यो सबैभन्दा ठूलो रकममध्ये एउटा हो।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page