नेयमारले भने -जेम्स रोड्रिग्वेजको जित सकियो

Neymar-1
स्टार स्ट्राइकर नेयमार ब्राजिललाई विश्वकपको उपाधिका लागि एक कदम अगाडी पुर्‍याउन पूर्ण रुपमा फिट र तयार भएका छन् ।
घुँडाको चोटका कारण नेयमार कोलम्बियाविरुद्धको क्वाटफाइनल खेल खेल्नेमा शंका थियो । आफू फिट भएको भन्दै नेयमारले भनेका छन्-म कोलम्बियाविरुद्ध खेल्न सक्छु । मलाई कुनै दुखाइ छैन ।’
शनिबार विहान १:४५ मा फोर्टालेजमा हुने खेललाई नेयमार र जेम्स रोड्रिग्वेजबीचको भिडन्तका रुपमा समेत हेरिएको छ । उनीहरु दुबैमा धेरै समानता छ । नेयमार र रोड्रिग्वेज दुबैको उमेर २२ वर्ष भएको छ । दुबै पहिलो पटक विश्वकप फुटबल खेल्दैछन् ।
सर्वाधिक गोलकर्ताको होडमा पनि छन् । विश्वकपमा कोलम्बियाको शानदार प्रदर्शनमा स्टार बनेका रोडि्रग्वेज सर्वाधिक गोलकर्ता हुन् । उनले चार वटै खेलमा गोल गरेका छन् र उनको गोल संख्या ५ छ । नेयमारले भने चार गोल गरेका छन् ।
सबै खेल जितेको कोलम्बिया राम्रो टिम र रोड्रिग्वेज उत्कृष्ट खेलाडी भएको भन्दै नेयमारले भनेका छन्- उनी निकै प्रतिभावान छन् र युवा पनि । उनी भर्खर २२ वर्षका भएका छन् र आफू कति राम्रो खेलाडी हुा भन्ने देखाएका छन् । तर, मलाई लाग्छ अब उनको जितको यात्रा सकियो ।’
ब्राजिललाई च्याम्पियन बनाउने भन्दै उनले त्यसका लागि टोली तयार रहेकेा बताए ।
Tags: , , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page