५० किलो यार्चा बोकेर सभासद हङकङतिर

सभामुख सुवासचन्द्र नेम्वाङको निर्देशन उल्लंघन गर्दै फेरी सभासद धनबहादुर बुढा ५० किलोग्राम यार्चागुन्बु बोकेर हङकङ हानिएका छन् । यार्चागुम्बु बेच्न उनी आइतबार राती हङकङ गएको समाचार आजको कान्तिपुर दैनिकमा छ । जेठ अन्तिम साता संसद चलिरहेका बेला उनी हङकङमा १५० ग्राम यार्चागुन्बुको स्यास्पल देखाएर फर्किएका थिए ।
बुढा डोल्पाबाट एमालेबाट निर्वाचित सभासद हुन् । हङकङमा डोल्पाको यार्चा बढी मूल्यमा बिक्री हुने भएकाले उनी बर्सेनी उतै जाने गरेका छन् । केही समयअघिको मेटमा उनले गत वर्ष करिव २ सय किलोग्राम यार्चा हङकङ लगेर बेचेको बताए ।
हङकङमा एक किलो यार्चा २० देखी ४० लाख रुपैयाँमा बिक्री हुने गरेको छ । आफूले दिएको निर्देशन विपरीत सभासद बुढा चलेपछि सभामुख नेम्वाङले सम्बन्धित पार्टीसँग स्पष्टीकरण दिने बताएका छन् ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page