दुर्घटनाबाट कति मानिसको मृत्यु भयो दसैं–तिहारमा ?


काठमाडौं, कात्तिक १०– दसैं र तिहारलाई दुर्घनारहित बनाउन ट्राफिक प्रहरीले महिना दिनअघिदेखि नै चेकजाँच अभियान सुरु गरेको थियो । तर यस वर्षको दसैं–तिहारमा भएका दुर्घनामा गत वर्षको तुलनामा भन्दा दोब्बर संस्यामा यात्रुको मृत्यु भएको छ ।  यस वर्षको दसैं र तिहारमा भएका साना–ठूला दुर्घनामा परेर करिब दुई सयजनाको मृत्यु भएको तथ्याङ्क छ । प्रहरी प्रधान कार्यालयका अनुसार दसैंको १४ दिन मात्र देशभर भएका दुर्घटनामा एक सय ४० जनाको मृत्यु भएको छ । तिहारको पाँच दिनमा ४० भन्दा धेरैले ज्यान गुमाएका छन् । यो संस्या अघिल्लो वर्षको दसैं–तिहारको तुलनामा मृत्यु हुनेको संख्याभन्दा दोब्बर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दसैंमा पहिलो दुर्घटना असोज १३ गते भयो । काठमाडौंबाट काँकटभिट्टाको लागि प्रस्थान गरेको बस र म्याग्दीको बेनीबाट काठमाडौं आउँदै गरेको बस धादिङमा जुधेको थियो । सो दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो ।  लामो दुरीका बसमा अनिवार्य रुपमा दुईजना चालक राख्न दिएको निर्देशन नमान्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुवै बसमा एक÷एक जना मात्र चालक थिए । प्रारम्भिक छानबिनमा चालक निदाएकोले दुईवटा बस जुध्न गएको खुलेको थियो ।
दसैं–तिहारमा सबैभन्दा ठूलो दुर्घटना डोटीमा भयो । २० असोजमा महेन्द्रनगरतर्फ जाँदै गरेको बस डोटीको छतिवनमा दुर्घटना हुँदा दसैं मनाएर घरबाट हिँडेका ३० जनाको मृत्यु भएको थियो । दसैंमा जस्तै तिहारमा पनि तीनवटा ठूला दुर्घटना भएका छन् । ५ कात्तिकमा बाराको अमलेखगञ्जमा ट्रकको ठक्करबाट ६ जनाको मृत्यु भएको थियो । ७ कात्तिकमा नुवाकोटमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भयो भने ९ कात्तिकमा ओखलढुंगामा १० जनाको मृत्यु भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page