नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले संविधान संशोधन गर्न दिएको प्रस्तावलाई संकेत गर्दै असन्तुष्टि जनाएका छन्।
एमाले नेता सहाना प्रधानको प्रथम स्मृतिमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतको चासोलाई संकेत गर्दै नेपालको संविधानलाई लिएर कसैले टाउको दुखाउन नपर्ने बताए।
‘नेपाली जनताले बनाएको संविधान हो यो नेपालीको हितमा छ,कसैको विरुद्धमा छैन’ उनले भने ‘अरुलाई किन टाउको दुख्नुपर्यो?’
सानो र अविकसित देश भन्दैमा जसले पनि जेसुकै गर्न पाइन्छ भनेर नसोच्न उनले छिमेकीहरूलाई भनेका छन्।एमाले अध्यक्ष ओलीले आफ्नो देशलाई नोक्सान गरेर जनताको सार्वभौमसत्तालाई अपमान नगर्ने पनि बताए।
भारतले अंगीकृत नागरिकलाई पनि राज्यका महत्वपूर्ण पद दिन मिल्ने गरी संविधान संशोधन गर्न गरेको प्रस्तावलाई संकेत गर्दै उनले भने,‘अंगीकृत नागरिकता पाएपछि भोलिपल्टै राष्ट्रपति,प्रधानमन्त्री मुख्यमन्त्री हुन पाउनुपर्ने? यस्तो चाहना किन ?’
अाज मात्रै भारतको एक पत्रिकाले भारतले नेपालमा अंगिकृत नागरिक पनि राष्ट्रपति, प्रधानमन्त्री, मुख्य मन्त्री लगायतका उच्च अोहोदाका पदमा नियुक्त हुन पाउने व्यवस्था लगायतका सात बुँदामा नेपालको संविधान संशोधन गर्नुपर्ने सुझाव दिएको बताएको थियो।![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_vwVhuhTQuorQ3t2WTHTNOTmDsuX5yoPqVtU4ZVvmSW9WhsVGOBz7Tr-I-L7XFqyGXR-lRGHXNNDepBjlppZaqT9diJlRiwc9dMTdvS2LnzyRQ5UX38ocJ6qOsQzXvnv0V_mEaOwoZ7bDxtA7fOH6CUZhx91-oV_EVe7sUCYRD384B-dgtlnDK0fsQW-YOhPsx79gu8-S4HThzzQ1g_Bqpm3ndBaXTabwmh=s0-d)