परीक्षा उप–नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार एसएलसी परीक्षा चैत १७ गतेसम्म चल्नेछ । ७ गते अंग्रेजी, ८ गते नेपाली, १० गते गणित, १२ गते विज्ञान विषयको परीक्षा हुने छ ।
परीक्षामा करिव ५ लाख विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयको अनुमान छ । गत वर्ष चैत १० गतेदेखि परीक्षा भएको थियो ।
