काठमाडौ, १६ मंसिर । संविधानसभाको म्याद छ महिना थपिएपछि संबैधानिक समितिको सचिवालयले आगामि जेठ ८ देखि १४ भित्र संविधान जारी गर्ने गरी नयाँ कार्यतालिका तयार पारेको छ । सचिवालयले आज बसेको विवाद समाधान उपसमितिको बैठकमा कार्यतालिका पेश गरेको हो । नयाँ कार्यतालिकामा संविधान निर्मार्णमा देखिएको विवादित विषयमा आगामि पुस १५ भित्र सहमति गर्ने,फागुन १ देखि १५ भित्र संविधानको पहिलो मस्यौदा जारी गर्ने लगायतका समयहरु तोकिएका छन् । सचिवालयले बनाएको कार्यतालिकालाई मसिंर १८ गते बस्ने संवैधानिक समितिको बैठकले अनुमोदन गरेपछि संसदमा पेस गरिनेछ । संविधानसभाको म्याद थपिएपछि विहीबार विवाद समाधान उपसमितिले कार्यतालिका निर्माणको जिम्मा सचिवालयलाई दिएको हो । दलहरुवीच अहिलेसम्म शासकीय स्वरुप, निर्वाचन प्रणाली र राज्यपुर्नसंरचनाको विषयमा जटिल विवाद कायम रहेकै छ । राज्यपुर्नसंरचनाका सम्बन्धमा भने दुई महिनामा सुझाव दिने गरी आयोग गठन भएको छ । |
Share this Page
Popular Posts
-
काठमाडौं, मङ्सिर १४-भारतको नयाँदिल्लीमा हुने सातौं साफ च्याम्पिएनसीप प्रतियोगितामा भाग लिन २७ सदस्यीय राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस...
-
२० मंसिर, खलंगा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी नफुट्ने दावी गर्नु भएको छ । रुकुम सदरमुकाम खलंगामा...
-
I like the rear end treatment way more than the front. Spare wheel is no longer mounted on the tail-gate though. Takes away from ...
