काठमाडौ, १६ मंसिर । संविधानसभाको म्याद छ महिना थपिएपछि संबैधानिक समितिको सचिवालयले आगामि जेठ ८ देखि १४ भित्र संविधान जारी गर्ने गरी नयाँ कार्यतालिका तयार पारेको छ । सचिवालयले आज बसेको विवाद समाधान उपसमितिको बैठकमा कार्यतालिका पेश गरेको हो । नयाँ कार्यतालिकामा संविधान निर्मार्णमा देखिएको विवादित विषयमा आगामि पुस १५ भित्र सहमति गर्ने,फागुन १ देखि १५ भित्र संविधानको पहिलो मस्यौदा जारी गर्ने लगायतका समयहरु तोकिएका छन् । सचिवालयले बनाएको कार्यतालिकालाई मसिंर १८ गते बस्ने संवैधानिक समितिको बैठकले अनुमोदन गरेपछि संसदमा पेस गरिनेछ । संविधानसभाको म्याद थपिएपछि विहीबार विवाद समाधान उपसमितिले कार्यतालिका निर्माणको जिम्मा सचिवालयलाई दिएको हो । दलहरुवीच अहिलेसम्म शासकीय स्वरुप, निर्वाचन प्रणाली र राज्यपुर्नसंरचनाको विषयमा जटिल विवाद कायम रहेकै छ । राज्यपुर्नसंरचनाका सम्बन्धमा भने दुई महिनामा सुझाव दिने गरी आयोग गठन भएको छ । |
Share this Page
Popular Posts
-
नेपाली सिनेमा क्षेत्रमा ‘स्वर’ नामक सिनेमा मार्फत नायिकाको रुपमा डेव्यु गरेकी केकी अधीकारी चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा जमिरहेकी छि...
-
Namaste, I am Rachan Karki from www.kshatree.webs.com . It is the page of www.kshatreesamaj.blogspot.com made to send Free SMS to all mobile...
-
२० मंसिर, काठमाडौं । नेपाल १२ वर्षपछि साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग बराबरी खे...
