पहिचान छोडेमा अशान्तिः मानन्धर


'प्राकृतिको स्रोतको बिबाद ब्यर्थ'



२७ मंसिर, काठमाण्डौ । संघीयतामा जान सहमत देखिएका मुख्य राजनीतिक दलहरुवीच के आधारमा संघीय राज्यको नाम, नक्सा र सिमाना छुट्टाउने भन्ने बिषयमा तिब्र बहस भइरहेको छ ।
जातीय-पहिचान) आधारमा संघीयता हुन नहुने औपचारिक धारणा एमाले नेतृत्वको रहेपनि एमालेभित्रै जातीय राज्यको चर्को माग गर्ने समूह पनि छ । खासगरि आदिवासी जनजातीको राजनीतिमा हावी देखिएको एमालेले त्यही कार्डमार्फत जातीय राज्यको वकालत पनि गरिरहेको छ ।
जातीय आधारमा राज्य बनाउनुपर्छ भनेर नेतृत्वलाई र्‍याखर्‍याख्ती पार्ने एमाले सभासद्हरुमा पर्छन डा. मंगलसिद्धि मानन्धर पनि । मानन्धरले पहिचानलाई ओझेलमा पारेर सामथ्र्यको मात्रै कुरा हुन थालेको भन्दै यसप्रति आपत्ति जनाए । ‘पहिचानलाई छोडेर कुनै किसिमको प्रस्ताव आउँछ भने मेरो विचारमा त्यो मान्य हुँदैन । त्यसले देशमा अशान्ति ल्याउँछ ।’ मानन्धरले भने । राज्य पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदनलाई नै आधार मानेर संघीयतामा जानुपर्ने उनको भनाई छ । ‘त्यसलाई ध्यान दिएर र त्यसलई आधार मानेर संघीयतामा जानुपर्छ’ उनले भने – ‘संघीयतामा नि जाने, अनि पहिचानलाई पनि ठाउँ नदिने हो भने चाहिं त्यसको केही अर्थ रहँदैन । सामथ्र्य भनेर त्यसलाई बढाईचढाई गरेर पहिचानलाई गौण गर्ने हो भने त्यसले विबिधताबाट जन्मेको समस्या सम्बोधन गर्न सक्दैन । पहिचानलाई छोड्ने कुरा बाहिर सुनिन्छ, त्यो साँच्चै हो भने यसले संघीयताको अर्थ राख्दैन ।’ फेरि पहिचानलाई ठाउँ नदिने र यसैगरी षडयन्त्र गर्दै जाने हो भने विबिधताबाट हुने संघीयता आउन नसक्ने र शान्ति पनि कायम नहुने मानन्धरले चेतावनी दिए ।
‘समितिकै प्रस्ताव उपयुक्त’
डा. मानन्धरले आयोगले समितिको प्रतिवेदन र अरु विवादित कुरामा अध्ययन गरेर संघीयताको प्रस्ताव ल्याउनुपर्ने बताए । प्राकृतिक स्रोतको बाँडफाँडमा विवाद हुन्छ भनेर बहस गर्नै जरुरी नभएको उनको भनाई छ । ‘अरु देशमा पनि प्राकृतिक स्रोत साधन छन् । ती मुलुक पनि संघीयतामा गएका छन्, उनीहरुको अभ्यास हेर्न सकिन्छ’ मानन्धरले भने -’महत्वपूर्ण कुरा प्राकृतिक स्रोत साधनमा सबैको बराबरी हक हुन्छ । केन्द्रले बढी लिन्छ अनि अधिकार बाँडफाँड हुन्छ ।’ जहाँबाट प्राकृतिक स्रोतको आय सिर्जना भएको छ, त्यसलाई अलि बढी अधिकार हुने पनि मानन्धरको मत छ । तर प्राकृति स्रोत साधनमा सबैको हक लाग्नेमा मानन्धरले जोड दिए । ‘सगरमाथालाई न पश्चिम लान सकिन्छ, न अन्नपूर्णलाई पूर्व लान । जहाँ खानीहरु फेला पर्छन्, त्यहाँ सबै नागरिकको हक लाग्छ’ उनले भने ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page