वीरगन्ज, मङ्सिर १६– बाराका निवर्तमान जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले राम्रो काम गर्दा आफू फालिनुपरेको बताएका छन । वीरगन्जमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दे सिंहले १२ महिनाको कार्यकालमा आफूले शिक्षा क्षेत्रमा थुप्रै काम गरेको दाबी पनि गरे।
मैले यहाँ आएलगत्तै नक्कली तथ्याङ्क देखाएर बनाइएका ७० वटा झोले विद्यालय बन्द गराएँ ', उनले भने– विभिन्न विद्यालयमा रहेका २७ करोड बेरुजु रकममध्ये १४ करोड फर्छ्यौट गराएँ। जिल्लामा हुने प्रवेशिका परीक्षा मर्यादित गराउने सवालमा आफूले थुप्रै काम गरेको उनले बताए।
राम्रो काम गर्दागर्दै पनि घुस दिन नसक्दा आफू फालिनुपरेको उनको भनाई छ। 'बारा क्षेत्र नम्बर २ का सभासद् शिवचन्द कुशवाहका मान्छे आएर मसँग ५ लाख घूस मागेका थिए', उनले भने – मैले दिन नमान्दा सरुवा भएँ। पैसा दिए सरुवा रोक्ने भनेर सभासद्का मान्छेले आफूलाई भनेको सिंहले सुनाए।
'सरुवा भएपछि पनि कहाँ जानुहुन्छ सहयोग गरौंला, हामीलाई केही सहयोग गर्नूस् भन्ने खबर आयो ', उनले भने – मैले दिन मानिन, अहिले शिक्षक कितावखानामा पुगेको छु। माओवादी पार्टीको हातमा अहिले शिक्षा मन्त्रालय रहेका कारण त्यसको प्रभाव परेको हुन सक्ने उनले सुनाए। मैले झोले विद्यालय रद्द गर्दा सभासद कुशवाहका आफन्तका नाममा रहेका ४ विद्यालय पनि परेका थिए ', उनले भने – पछिल्लो पटक विभिन्न विद्यालयमा रहेका नक्कली राहत कोटालाई सक्कली बनाउन उनले दबाब दिएका थिए।
सभासद् कुशवाहले दुई साताअघि मात्र ९८४१९५३६८६ नम्बरको मोबाइलबाट 'बदमासी करना छाडदिजिए बर्ना ठीक नही होगा ' लेखिएको सन्देश पठाएको पत्रकार सम्मेलनमा सिंहले देखाए।
उता सभासद् शिवचन्द्र कुशवाहले भने आफूले सिंहको सरुवा गराएको नभई उनी आफ्नै कारणले सरुवा हुन पुगेको बताए। सिंहले जिल्लामा विभिन्न विद्यालयका प्रअसँग रकम निकाशा गरेवापत आधा रकम माग्ने गरेकाले आफूले 'बदमासी करना छोडदिजिए बर्ना ठीक नही होगा ' भन्ने सुझाव पठाएको पनि उनले बताए।