मध्येरातमा मन्त्री क्वार्टरमा आक्रमण


स्थानीय विकासमन्त्री टोपबहादुर
रायमाझीकी पत्नी योगमाया -
सीमाद्धारा मध्यराति मन्त्रीक्वार्टरमा आक्रमण ?
२१ मंसिर, काठमाडौं ।
रातको यो कोलाहलपूर्ण दृश्य ! कुनै
सर्वसाधारणको घर-टोल नभएर देशको रक्षा,
गृह, परराष्ट्र मामिला हेर्ने उपप्रधानमन्त्री
हरू, उपसभामुखसहित सबैजसो वरिष्ठ मन्त्रीहरू
बस्ने ठाउँ । कडाभन्दा कडा सुरक्षा व्यवस्था,
अंगरक्षक मात्र होइन, पर्खालदेखि गेट-
गेटको निगरानी गर्न सेनासहित
प्रहरी पहरा गणका सयौँ जवान तैनाथ हुने
त्यस्तो ठाउँमा अघिल्लो मंगलबारको रात
एक्कासि होहल्ला मच्चियो । साइरन बजाउँदै
प्रहरीका थप मद्दत टोली पुगे ।
महिला प्रहरीसहित भीड नियन्त्रण
टोली पनि तैनाथ भयो ।
देश चलाउने दुई दर्जनभन्दा बढी मन्त्री बस्ने
पुल्चोकस्थित मन्त्रीनिवासभित्रको दृश्य हो,
यो । र, साँझको बेला त्यसरी पूरै होहल्लापूर्ण
वातावरण निम्त्याउने व्यक्ति थिइन्, स्थानीय
विकासमन्त्री टोपबहादुर
रायमाझीकी पत्नी योगमाया -सीमा)
रायमाझी भएको जनआस्था साप्ताहिकले
छापेको छ । त्यत्तिका सुरक्षाकर्मी,
त्यत्रो चेकजाँचको नियम, भित्रबाट
नबोलाईकन झन्डावाल मन्त्रीको गाडीबाहेक
अरूलाई छिर्न मुस्किल पर्ने त्यो ठाउँमा त्यस
दिन मन्त्रीसँग अंश र सम्बन्धविच्छेदक
ो मुद्दा लडिरहेकी महिलाबाट कसरी सम्भव
भयो, यस्तो आतंकपूर्ण गतिविधि ?
यो अचम्मलाग्दो दृश्यको फेहरिस्त यस्तो छ-
नियमितझैँ त्यसदिन साँझ
मन्त्रीक्वार्टरको मूलढोकामा आधा दर्जन
प्रहरी थिए । ढोकैमा खटिएका थिए,
तराईमूलका एक प्रहरी जवान । तिनको सामुन्ने
एउटा मोटरसाइकल रोकियो । पुरुष चालकसँगै
पछाडि सलले मुख ढाकेर आएकी महिला सवार
थिइन्, त्यसमा । प्रहरी जवानले चिनिहाले
मन्त्राणी भनेर । बाहिर जे-जस्तो चर्चा भए
पनि आखिर मन्त्रीकी पत्नी भनेर उनीहरूले
चिनेकी उनै सीमा थिइन् तिनी, यसर्थ सबैले आदर
गर्ने नै भए ।
सीमा साँझ सवा आठ बजे आफूलाई
मन्त्रीपत्नी भन्दै क्वार्टर प्रवेश गरिन् ।
आइतबारदेखि नै
मन्त्री रायमाझीचाहिँ निजी काममा अर्घाखाँची पुगेका थिए
। सीमा मुख्य प्रवेशद्वारबाट निवास
परिसरमा प्रवेश गर्दासम्म सुरक्षाकर्मीले
सामान्य माने, यसकारण मोटरसाइकल नम्बर
टिपेनन् । तर, जब
उनी मन्त्री नभएको क्वार्टरमा छिरिन्,
अनि के-कसो हो भनेर बल्ल सुरक्षाकर्मीबीच
चर्चा चल्यो । उनी त्यहाँ झन्डै तीन
घन्टा रहिन् । त्यसबीच
जिल्ला पुगेका टोपबहादुरको निद्रा पनि �गडबड�
गराइन् । उनी त्यहाँ प्रवेश
गरेको आधा घन्टा नबित्दैदेखि हल्लीखल्ली सुरु
भइसकेको थियो । किनभने उनले
टोपबहादुरको अनुपस्थितिमा पहिलो तलाको उत्तरपट्ट िरहेको काठको दराज
र बाकसको खानतलासी लिन थालिन् । उनले
एकजोर चाबी आफूसँगै राखेकी रहिछन् । दराज र
बाकसमा सीमाको हात लम्किएपछि मात्र
मन्त्रीजीले यो खबर थाहा पाए । टोपबहादुरले
फोनमै सीमालाई क्वार्टरबाट निकाल्न आदेश
दिए । तर,
त्यहाँ चाहिँदो मात्रामा महिला प्रहरी थिएनन्
। ड्युटीवाल प्रहरीले जावलाखेलस्थित
एसपी भोगबहादुर थापालाई घटनाबारे बताए
। यहीबीच टोपबहादुरका छोरा -
सीमाको पनि) त्यहाँ पुगे । लगत्तै
महिला प्रहरीसँगै भीड नियन्त्रण
टोली पुग्यो ।
उनीहरू क्वार्टरको कम्पाउन्डबाहिरै बसे ।
स्थिति तनाबपूर्ण नबनोस् भनी सम्झाउन
पुगेका छोराले सायद आमालाई सम्झाउन सकेनन्,
त्यसैले सीमाको खानतलासी जारी थियो ।
आमा-छोराको भनाभन सुरु भयो र
वरिपरिका क्वार्टरबाट दर्शक संख्या झन्
थपिन पुगे ।
यस्तोमा मन्त्रीका निजी सुरक्षागार्ड देवेन्द्र
भट्ट र पिए दिनेश गौतम केही बोल्न सकेनन् ।
छोराले फोनमा बाबुआमाको कुरा गराए ।
यसपछि भने सीमा शान्त भइन् । बाहिर
बसेका महिला प्रहरी मन्त्रीका पिएहरूले
बोलाउलान् र पक्राउ गर्नुपर्ने मान्छे
देखाउलान् भनेर पर्खिरहेका थिए । पिए गौतम
केही पर पुगे । एकछिनमा सीमालाई
कलंकी पुर्याउने आदेशसहित सेतो गाडीमा आइपुगे
। बिचरा, सुरक्षाकर्मी अक्क न बक्क ! प्रहरीले
गाडी चेकजाँच गर्न खोज्दै थिए, तर गौतमले
�पर्दैन� भनेर पन्छाए ।
सीमा हातमा रातो झोला बोकेर
गाडीमा चढेकी थिइन् । रातको दश बजे
उनी कलंकीतिर लागिन् । टोपबहादुरले
सीमा चढेर आएको मोटरसाइकल
नियन्त्रणमा लिन प्रहरीलाई अनुरोध गरे ।
तर, त्यो सम्भव भएन । कारण, त्यही साँझ
क्वार्टरमा झन्डै एक दर्जन मोटरसाइकल
छिरेको थियो अर्थमन्त्री वर्षमान
पुनको निम्तो मान्न ।
झमेला सकियो भनेर सुरक्षाकर्मी आ-
आफ्नो ड्युटीमा तितरबितर भए । तर,
केही छिनमै त्यही गाडी फेरि सीमालाई लिएर
फर्कियो । कलंकीमा बुटवल जाने
अर्को गाडी नपाएपछि सेतो गाडी क्वार्टर
फर्किएको रहेछ । क्वार्टरको ढोकामा तैनाथ
सुरक्षाकर्मीलाई निजी सहायक गौतमले
�बुझाउने� प्रयास गर्दै भनेका थिए,
�मन्त्रीज्यूको आदेश छ, उहाँलाई बुटवल नै
पुर्याउनू� भनेर । �गाडी चेकजाँच गरेर तत्कालै
फर्किन्छौं� भनी सीमासहित फेरि क्वार्टर
प्रवेश गरे । आधा घन्टापछि गाडी क्वार्टर
परिसरबाट फर्कियो । भोलिपल्ट, अर्थात्
बुधबार टोपबहादुर फर्किए । उनले घटनाबारे
खासै केही बुझ्ने प्रयास गरेनन् ।
स्रोतका अनुसार, मन्त्री रायमाझीले
एउटा मिजासिलो गुनासो भने बारम्बार
दोहोर्याए, �त्यो मोटरसाइकललाई पक्राउ
गरेको भए हुन्थ्यो ।�
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

disqus

Share this Page