विराटनगर, मंसिर २३- उपराष्ट्रपती परमानन्द झा ले राष्ट्रपतीको अधिकार निश्चित नहुंदा मुलुकमा अन्यौलता लम्बींदै गएको बताउनुभएको छ । विराटनगर विमानास्थलमा आज संचारकर्मीसंग कुरा गर्दै उहांले अविभावकको रुपमा रहेपनि राष्ट्रपती र उपराष्ट्रपतीको अधिकार प्रष्ट नहुंदा शान्ति र संविधान निर्माणको कार्य लम्बीएको उल्लेख गर्नुभएको हो । राष्ट्र प्रमुखहरुको अधिकारको कुरा संचारकर्मी तथा माध्यमहरुले समेत नउठाएकोमा चिन्ता ब्यक्त गर्दै उपराष्ट्रपती झाले राष्ट्रपती र उपराष्ट्रपतीको अधिकार दलहरुलाई खवरदारी गर्ने किसीमको भइदिएको भए उनिहरु छाडा रुपमा हिंड्न नसकी शान्ति र संविधान निर्माणमा गम्भिर बन्न सक्ने विश्वास ब्यक्त गर्नुभयो । सर्वोच्च अदालतले छ महिनाको अवधीमात्र थप गर्ने फैसला गर्नुले दलहरुमा शान्ति प्रकृया टुंगो लगाई संविधान निर्माण गर्न दवाव बढेको उपराष्ट्रपती झाको भनाई थियो । छ महिना भित्र संविधान निर्माण बन्नु पर्छ भन्दै उपराष्ट्रपती झाले सर्वोच्चको फैसलालाई दलले नमान्ने भन्नु भन्दा निर्धारित समयमा शान्ति स्थापना गरी संविधान निर्माण गर्न लाग्नुपर्ने सुझाव दिनुभयो ।उहांले सबै क्षेत्रवाट दवाव दिएर दलहरुलाई शान्ति र संविधान निर्माणमा गम्भिर भएर लगउनुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपती झा विराटनगरमा हुन गइरहेको महाकवी विद्यापती महोत्सव उद्घाटन गर्न आउनु भएको हो ।
"राष्ट्रपतीको अधिकार निश्चित नहुंदा मुलुकमा अन्यौलता लम्बींदै"- उपराष्ट्रपती परमानन्द झा