क्षत्री सेवा समाज, कतारको सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न

विगत केहि महिना अघि सम्पन्न गैर आवासीय नेपाली संघको पाँचौ विश्व सम्मेलनबाट गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को सचिव पदमा निर्वाचित हुनु भएका, कतारका अगुवा एन. आर. एन., समाजसेवी, व्यवसायी श्री टि. बी कार्की  ज्यु तथा सोही सम्मेलनबाट नै गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का मध्यपुर्व संयोजकमा निर्वाचित हुनु भएका, कतारका अगुवा एन. आर. एन., समाजसेवी, व्यवसायी श्री नरेन्द्र भाट लगायत गत सेप्टेम्बरमा सम्पन्न भएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको चौथो निर्वाचनबाट निर्वाचित सम्पुर्ण पदाधिकारीहरूलाई गत शुक्रवार डिसेम्बर ०२, २०११ का दिन दोहा  स्थित टपफम रेष्टुरेण्टको सभाहलमा क्षत्री सेवा समाज, कतार द्धारा आयोजित सम्मान कार्यक्रम एक विशेष समारोह बिच सु-सम्पन्न भएको छ ।
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सचिव श्री टि. बी. कार्की ज्युको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का मध्यपुर्व संयोजक श्री नरेन्द्र भाट, गैर आवासीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष श्री अमृत गुरुङ, नेपाली जन सम्पर्क समिती दोहा कतारका कोषाध्यक्ष श्री साकीर अलि, नेपाल लोकतान्त्रीक मंच दोहा कतारका द्धितिय उपाध्यक्ष श्री हरिकुमार वस्नेत बिशेष अतिथिको रुपमा  तथा किराँत याकथुङ्ग चुमलुङका उपाध्यक्ष ज्ञानेन्द्र कुमार पन्दाग, नेपाली जनजाती भेदभाव उन्मुलन साझा मंच दोहा कतारका प्रतिनिधी, तमु साँस्कृतिक परिवारका अध्यक्ष श्री बिमल गुरूङ, फेवा सांस्कृतिक परिवारका अध्यक्ष श्री आश बहादुर गुरुङ, पाल्पा सेवा समाजका अध्यक्ष श्री भुपराज दवाडी, मोरङ सुनसरी सेवा समाजका उपाध्यक्ष श्री दिपेन्द्र राई, खोटाङ सेवा समाजका उपाध्यक्ष श्री हात्तिराम राई, वखलढुङ्गा सेवा समाजका अध्यक्ष श्री बालकृष्ण भित्रीकोटी, तनहुँ सेवा समाजका सचिव श्री मुनाफ मियाँ, प्रवासी हेमजा सेवा समाजका अध्यक्ष टंक प्रसाद तिमील्सिना, राजधानी साप्ताहिकका सम्वाददाता प्रेम लामा, समाजसेवी बुद्धिजिवी श्री बिल बहादुर गुरूङ अतिथिको रुपमा तथा अन्य संघ संस्थाका प्रतिनिधि, पत्रकार, व्यावसायी तथा बुद्धिजिवीहरु, यहाँ कार्यरत क्षत्रीहरू लगायत संस्थाका संस्थापक, सल्लाहकार एवं सदस्यहरुको व्यापक उपस्थिती रहेको थियो ।
प्रमुख अतिथि, सभापती, बिशेष अतिथि तथा अन्य अतिथि गण बाट दीप प्रज्वलन तथा कार्यक्रम को ब्यानर अनावरण गरि कार्यक्रमको समुद्घघाटन गरिए पछि, सामुहिक नेपाली राष्ट्रिय गान तथा ज्ञात अज्ञात शहिद प्रति एक मिनेट मौनधारण गरिएको थियो । आयोजकको तर्फबाट क्षत्री सेवा समाज, कतारका कोषाध्यक्ष श्री खिम बहादुर कार्की क्षत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
क्षत्री सेवा समाज, कतारका कार्यबाहक अध्यक्ष तथा कार्यक्रमका सभापती हंशराज ढकाल क्षत्रीले सम्मानीत व्यक्तित्व गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सचिव श्री टि. बी. कार्की ज्युलाई समाजको तर्फबाट सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो भने, अन्य सम्मानित व्यक्तित्वहरू क्रमशः श्री नरेन्द्र भाट मध्यपुर्व संयोजक गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्, डा. देवकाजी डंगोल सल्लाहकार गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्, श्री अमृत गुरुङ अध्यक्ष गैर आवासीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद् कतार तथा राष्ट्रिय समन्वय परिषद्का सम्पुर्ण पदाधिकारी लगायत श्री उमेश अधिकारी युवा संयोजक गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् कतार च्याप्टर, डा. अजिजुर रहमान शेख सदस्य गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्, कतार लाई प्रमुख अतिथी तथा विशेष अतिथी एवं सभापती द्धारा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
समाजका महासचिव निगम कुमार कार्की क्षत्री तथा सचिव केदार कुँवर द्धारा संचालित सो समारोहमा उपस्थीत समाजसेवी, बुद्धिजिवीहरूको तर्फबाट समाजसेवी बुद्धिजिवी श्री बिल बहादुर गुरूङले बधाइ तथा शुभकामना मन्तव्य दिदै संस्थाले आफ्नो स्थापनाकाल देखि कतारमा कार्यरत क्षत्री समुदायको मात्र नभई समस्त नेपालीहरूको पहिचान एवं धर्म, सँस्कृतीको संरक्षण गर्न विभीन्न सामाजिक कार्य गर्दै आईरहेको तथा भविष्यका आउँदा दिनहरूमा पनि विभीन्न सामाजिक कार्यक्रमको आयोजना हुने अपेक्षा गर्दै सम्मानित व्यक्तित्वहरूलाई यस सम्मान कार्यक्रमले खबरदारी गरेको तथा पदिय दायित्ववोध हुने कुरा उल्लेख गर्नुभयो । त्यस्तै बधाइ तथा शुभकामना मन्तव्य दिदै विशेष अतिथी द्धय नेपाल लोकतान्त्रीक मंच दोहा कतारका द्धितिय उपाध्यक्ष श्री हरिकुमार वस्नेत तथा नेपाली जन सम्पर्क समिती दोहा कतारका कोषाध्यक्ष श्री साकीर अलिले क्षत्री सेवा समाजले गरेको यस सम्मान कार्यक्रमले यो संस्था एक जातीवादी संस्था नभई आम नेपालीको साझा संस्थाको रूपमा आफुलाई पुष्टि गरेको कुरा उल्लेख गर्दै, यस सम्मानले सम्मानित व्यक्तित्वलाई सामजिक कार्यमा अघि बढ्न थप उर्जा मिल्ने विश्वास प्रकट गर्नुभयो । त्यसैगरि उक्त समारोहमा किराँत याकथुङ्ग चुमलुङका उपाध्यक्ष ज्ञानेन्द्र कुमार पन्दागले पनि यस सम्मानले सम्मानित व्यक्तित्वलाई सामाजिक कार्यमा अघि बढ्न थप उर्जा मिल्ने विश्वास प्रकट गर्दै कतारमा कार्यरत सम्पुर्ण मजदुरहरूको हक हित संरक्षण लगायत, यहाँका श्रमिकहरूको समस्या निकारणका लागी पहलगामी कदम चाल्ने कुराको विश्वास प्रकट गर्नुभयो । त्यसैगरि उक्त समारोहमा विशेष अतिथी तथा सम्मानित व्यक्तित्व गैर आवासीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष श्री अमृत गुरुङले क्षत्री सेवा समाज, कतार एक जातिवादी संस्था मात्र नरहि कतारमा रहेका सम्पुर्ण सामाजिक संघ संस्थाहरू संग हातेमालो गर्दै, यहाँ हुदै आएका सामाजिक कामप्रति आफुलाई अग्रसर गराईरहेको कुरा औल्याउदै यस क्षत्री सेवा समाज अत्यन्त बुद्धिजिवी व्यक्तित्वहरूको संस्था रहेको कुरा जिकीर गर्दै जसको नमुना गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सचिव श्री टि. बी. कार्की यस समाजका संस्थापक अध्यक्ष तथा मध्यपुर्व संयोजक श्री नरेन्द्र भाट समाजका सल्लाहकार संयोजक रहेको कुराको पनि चर्चा गर्नुभयो साथमा यस सम्मान कार्यक्रमले आफु र आफ्नो टिमलाई आफ्नो दायित्ववोध गर्दै सामाजिक काम गर्ने ईच्छा शक्ति वृद्धिको साथमा थप उर्जा मिलेको कुरा प्रकट गर्दै तपाईहरूको यो सम्मान खेर जान नदिने तथा कतारका श्रमिकहरूको आवाज र समस्यालाई निराकरणको लागी पहलगामी भुमिका निर्वाह गर्ने वचन वद्धता जाहेर गर्नुभयो ।
शुभकामना मन्तव्यको अन्त्यमा प्रमुख अतिथि श्री टि. बी. कार्कीले आफ्ना विविध कारणवश सात समुन्द्र पारी यो खाडी मुलुक कतारमा आफ्नो श्रम बेच्न बाध्य हामी प्रवासी नेपाली माझ आफ्नो जातिय पहिचानको लागी मात्र नभई सम्पुर्ण प्रवासी नेपालीहरूको लागी समस्या निराकरणका साथ श्रमिकहरूको हक हित बचाई राख्न पहलगामी भुमिका निर्वाह गर्ने कुराको विश्वास गर्दै यस सम्मान कार्यक्रमले आफुमा काम गर्ने ईच्छा शक्तिको साथमा थप उर्जा मिलेको कुरा प्रकट गर्दै तपाईहरूको यो सम्मान खेर जान नदिने तथा कतारका श्रमिक नेपाली दाजुभाईहरूको समस्याको समाधानका लागि अन्तराष्ट्रिय समन्वय परिषद्मा पहलगामी भुमिका निर्वाह गर्ने वचन वद्धता प्रकट गर्दै आफु अन्तराष्ट्रिय समन्वय परिषद्को सचिवमा निर्वाचित भएपछि यस समाजको प्रमुखको भुमिकाको लागी उपाध्यक्ष हंशराज ढकाल क्षत्रीलाई का. बा. अध्यक्षको  जिम्मेवारी दिएको कुरालाई उपस्थित पत्राकार माझ प्रष्ट्याउनु भयो । साथै  क्षत्री सेवा समाजले आफ्नो सामाजिक कार्यलाई निरन्तरताका साथ अघि बढाई एक उदाहरणिय र क्रियाशील संस्थाको रूपमा परिचय दिएको कुरा उल्लेख गर्दै यसको निरन्तर सफलताको कामना गर्नु भएको थियो ।
समारोहको अन्त्यमा क्षत्री सेवा समाज, कतारका कार्यबाहक अध्यक्ष तथा कार्यक्रमका सभापती हंशराज ढकाल क्षत्रीले समापन मन्तव्यको क्रममा प्रमुख अतिथि, विशेष अतिथीगण तथा अतिथीगण लगायत उपस्थित, सबैलाई हार्दिक धन्यवाद दिदै र उक्त समारोह सफल तुल्याउन सहयोग पुर्याउने सम्पुर्ण संघ संस्था तथा संस्थाका संस्थापक, सल्लाहकार एवं सदस्यहरुलाई धन्यवाद प्रकट गर्नुका साथमा यस समाजलाई अरु सामाजिक तथा रचनात्मक काम गर्न सबैको सहयोगको अपेक्षा गर्नुका साथै सम्मान कार्यक्रम लामो समय पछि गर्नुको बारेमा प्रष्ट पार्नुभयो, उहाँका अनुसार यस सम्मान कार्यक्रम ढिलो गर्नुमा गैर आवासीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद्को तिन तिन महिना गर्ने भनिएको पार्षद भेलाको पर्खाइमा रहेको जानकारी दिनुभयो र गैर आवासीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद् कतार समक्ष क्षत्री सेवा समाज कतारको क्रमश निम्न बुदागत सुझाव रहेको कुरा प्रति ध्यानाकर्षण गराउनुभयो । उहाँका अनुसार –
१)        गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले तत्कालै एक अनुशासन उपसमिती गठन गर्नुपर्ने ।
२)      आर्थिक कारोवारलाई चुस्त दुस्त राख्नको लागी एक लेखा परिक्षण उपसमिती गठन गर्नुपर्ने ।
३)      सांस्कृतिक तथा खेलकुद विभाग उपसमिती गठन गर्नुपर्ने ।
४)      पार्षद् सुझाव उपसमितीको गठन गर्नुपर्ने ।
५)      नेपाली सांस्कतिक हलको व्यवस्थाको लागी पहल गर्नुपर्ने ।
६)       गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको केन्द्रिय समितीमा राजनितीक नियुक्ति वन्द गर्नुपर्ने ।
७)      नेपाली कुटनितीक नियोगको कार्यलयमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् तथा अन्तराष्ट्रिय समन्वय परिषद्को पहलमा एक रिसेप्सनीष्टका साथमा नागरिक वडापत्र स्थापनाको लागी पहल गर्नुपर्ने ।
८)      गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को संस्थापकहरूलाई सम्मान पत्र तथा कदर पत्र प्रदान गर्नुपर्ने ।
९)       कतारमा स्थापित अन्य सामाजिक संघ संस्थाहरूसंग सहकार्य गरि अगाडी बढ्नुपर्ने ।
जस्ता सुझाव रहेको कुराको जानकारी समाजका सचिव केदार कुँवरले हामीलाई दिनुभयो ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page