आज पोखराबाट काठमाडौंको लागि उडेको बुद्ध एरको विमान २२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने तर मौसम खराबीका कारण निर्धारित समयभन्दा ३३ मिनेट बढी आकाशमा रुमलिदा सवार यात्रुहरु आत्तिएका थिए अब के हुन्छ भनेर ।
तर पाइलट क्याप्टेन माधुरी थापाको सुझबुझ, संयम र सहि कदमका कारण कुनै अप्रिय अवस्था आउन सकेन । भिजिविलिटी बिना नै क्याप्टेनले विमान सकुशल अवतरण गराउँदा आत्तिएका सबैले बिमानले भुँइे छोए पछी ताली बजाएर विमानचालिका मधुरी थापाको प्रसंशा गरेका थिए ।
क्याप्टेन माधुरी थापाको बहादुरी र दक्षताको लागि हामी पनि ताली बजाएर प्रसंशा गर्दछौ साथै विपरित परिस्थितिका बावजुद विमान र यात्रुहरुलाई सकुशल अवतरण गराउन सफल हुनुभएकोमा असिम सम्मान प्रकट गर्दछौ ! #VintageNepal
- तस्विर र जानकारी श्रोत: Jiban Bhai (विमानयात्रु) ]
[ यो कुरा मुख्य-मिडियाको खबर नबन्ला किनभने नेपालमा अप्रिय घटना घटिसकेपछि मात्र खबर बन्ने र दोष अजिवित पाइलटलाइ दिएर प्रणालीमा भएका त्रुटीहरुलाई ढाकछोप गर्ने परम्परा बसेको छ तर कुनै विमानचलाकले गरेको राम्रो कामको लागि प्रशंशा र सम्मान भएको विरलै सुन्न पाइन्छ । त्यसैले हामीले यो खबर बाडेका हौं ! ]